नेभिगेशन
जनप्रतिनिधिका कुरा

मलाई पुर्न सरकारले यति ठूलो खाल्डो खन्यो कि त्यो खाल्डोमा यिनीहरु सबै जाकिन्छन्ः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई खन्न सरकारले खनेको खाल्डोमा उनीरहरु नै जाकिने बताएका छ्न । सोमबार उच्च अदाल बुटवल इजलाशबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासामा लामिछानेले यस्तो धारणा राखेका हुन्।

 

‘मलाई पुर्न भनेर सरकारले जत्रो खाल्डो खन्यो । मलाई मात्र पुर्न सानो खाल्डो खनेको भए त ठिकै हुन्थ्यो तर यति ठूलो खाल्डो खनियो कि यी सबै त्यो खाल्डोमा जाकिन्छन्’, लामिछानेले भने । 

त्यस्तै सञ्चारकर्मीको तपाईँ त हराउनुभयो नि ? भन्ने प्रश्नको जवाफ दिँदै लामिछानेले आफू नहराएको बताए । जनताले सरकारका गतिविधि हेरिरहेको बताउँदै लामिछानेले सरकारले बालेन र हर्कमाथि पनि अन्याय गरेको बताए । 

 

‘जनताले राम्रोसँग हेरिरहेका छन्, जिल्लै पिछे मुद्दा लगाएर हातमा तारिक पर्चा थमाइदिएर पठाएको, जनतालाई थाहा छ, प्रशासकीय अधिकृत नपठाएको, जनतालाई थाहा छ, खाली गाग्री पठाएको र जनतालाई थाहा छ, आफ्ना मान्छेलाई मुद्दामा छानीछानी जोगाएको र अर्काका मान्छेलाई छानिछानि मुद्दा लगाएको सबै थाहा छ,’ लामिछानेले भने ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्...
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।
दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महािरीक्षक बनाउने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।