नेभिगेशन
समाज

सरकारको ध्यान सेटिङमा छः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका कारण प्रतिक्रियावादीहरुले टाउको उठाउने मौका पाएको टिप्पणी गरेका छन् । 
सिंहदरबारमा सोमबार बसेको समाजवादी मोर्चाको बैठकको तयारीसम्बन्धी छलफलपछि अध्यक्ष प्रचण्डले सरकारका कारण जनतामा निराशा छाएको र त्यसैलाई प्रतिक्रियावादीले फाइदा उठाउन खोजेको टिप्पणी गरेका हुन् । यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने उनको भनाइ छ । प्रचण्डले सरकारको समस्या समाधानमा सरकारको ध्यान केन्द्रीत हुन नसकेको र सेटिङमा व्यस्त रहेको आरोप लगाए । 
गणतन्त्रवादीहरु एक भएर अघि बढ्ने विषयमा सल्लाह भइरहेको उनको भनाइ छ ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधानदेखि परिवर्तनसम्मलाई सिद्धाउन खोज्ने गतिविधि निन्दनीय रहेको भन्दै इतिहासको रथ पछाडी फर्कन नसक्ने बताए । उनले मुलुक र जनताको हित राजसंस्थाबाट सम्भव नरहेको जिकिर गरे ।
नेपाल समाजवादीका नेता गंगा नारायण श्रेष्ठले  समाजवादी मोर्चाको बैठक बोलाउनका लागि तयारी स्वरुप छलफल भएको बताए । उनले देश अप्ठेरो अवस्थामा ढकिलिरहेको अवस्थामा समाजवादी मोर्चाका तर्फबाट शसक्त कार्यक्रम गर्ने तयारी भइरहेको जानकारी दिए ।
उनले समाजवादी मोर्चाको बैठक मंगलबार बस्ने र आगामी कार्यक्रम तय गर्ने बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।