नेभिगेशन
समाज

पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान विपरित कार्य गरे, कारबाही गरियोसः महेश बर्तौला

‘लोकतन्त्रको विकल्प निरञ्कुशतन्त्र हुन सक्दैन ।’

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाहीको दायरामा ल्यायन माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै बर्तौलाले पूर्वराजा शाहले संविधानविपरित कार्य गरेको र गर्न उक्साएको बताउँदै उनलाई कानुनी दायरामा ल्याउन माग गरेका हुन् ।
पूर्वराजाको प्रत्यक्ष संलग्नतामा नेपालको संविधानविपरित कार्य भएको भन्दै उनले सो बताएका हुन् । उनले मुलुकको राष्ट्रिय गानलाई समेत अवमूल्यन गर्ने लगायतका राष्ट्रहित विपरितका गतिविधि दण्डनीय भएकाले सरकारले गम्भीर ध्यान दिनुपर्ने र कानूनी दायरामा ल्याउनुपर्ने उल्लेख गरे । राजावादीको र्यालीमा भारत उत्तरप्रदेशका मुख्यमन्त्रीको समेत पोष्टर समावेश गर्नु राष्ट्रहित विपरितको कार्य भएको उनले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘पछिल्ला केही दिनदेखि पूर्वराजा ज्ञानेन्द्रको नामबाट, उहाँको निर्देशनबाट, उहाँको उक्साहटबाट समाजमा संविधान विपरितका कामहरु भइरहेका छन् । पञ्चायतकालिन राष्ट्रिय गानहरु गाउने, मुलुकको राष्ट्रिय गानको अवमूल्यन गर्ने, अपमान गर्ने, यस खालका संविधान विपरित कामहरु भइरहेका छन् । यी सबै काम गर्न पूर्वराजा ज्ञानेन्द्र स्वयंमले उक्साइरहेका छन् । स्वयम् आफ्नो उपस्थितिमा यी सबै कामहरु गरिरहेका छन् । यतिमात्रै हैन, बिडम्बनायुक्त, हामीले  केही र्यालीहरुमा भारतीय जनता पार्टीका नेता, उत्तर प्रदेशका मुख्यमन्त्रीको ब्यानर र पोस्टरसहितका र्यालीहरु समेत भएका हामीले देख्यौँ । यसले हाम्रो संविधानबमोजिम यो राष्ट्रहित प्रतिकुलको कार्य हो, त्यस अनुसारको व्यवहार हो । यस्ता कार्यहरुलाई कानुनी दायरा ल्याउन जरुरी छ । यस्ता विषयमा सरकारले गम्भिरतापूर्वक नोटिसमा राखेर काम गर्नुपर्ने हुन्छ ।’, बर्तौलाले भने ।
त्यस्तै उनले राजतन्त्रलाई निरङ्कुशतन्त्रको संज्ञा दिँदै लोकतन्त्रको विकल्प राजतन्त्र नहुने बताए । बर्तौलाले भने, ‘लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, लोकतन्त्रको विकल्प निरञ्कुशतन्त्र हुन सक्दैन ।’

Ncell
Extreme Energy

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।