नेभिगेशन
जनप्रतिनिधिका कुरा

पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान विपरित कार्य गरे, कारबाही गरियोसः महेश बर्तौला

‘लोकतन्त्रको विकल्प निरञ्कुशतन्त्र हुन सक्दैन ।’

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाहीको दायरामा ल्यायन माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै बर्तौलाले पूर्वराजा शाहले संविधानविपरित कार्य गरेको र गर्न उक्साएको बताउँदै उनलाई कानुनी दायरामा ल्याउन माग गरेका हुन् ।
पूर्वराजाको प्रत्यक्ष संलग्नतामा नेपालको संविधानविपरित कार्य भएको भन्दै उनले सो बताएका हुन् । उनले मुलुकको राष्ट्रिय गानलाई समेत अवमूल्यन गर्ने लगायतका राष्ट्रहित विपरितका गतिविधि दण्डनीय भएकाले सरकारले गम्भीर ध्यान दिनुपर्ने र कानूनी दायरामा ल्याउनुपर्ने उल्लेख गरे । राजावादीको र्यालीमा भारत उत्तरप्रदेशका मुख्यमन्त्रीको समेत पोष्टर समावेश गर्नु राष्ट्रहित विपरितको कार्य भएको उनले बताए ।

‘पछिल्ला केही दिनदेखि पूर्वराजा ज्ञानेन्द्रको नामबाट, उहाँको निर्देशनबाट, उहाँको उक्साहटबाट समाजमा संविधान विपरितका कामहरु भइरहेका छन् । पञ्चायतकालिन राष्ट्रिय गानहरु गाउने, मुलुकको राष्ट्रिय गानको अवमूल्यन गर्ने, अपमान गर्ने, यस खालका संविधान विपरित कामहरु भइरहेका छन् । यी सबै काम गर्न पूर्वराजा ज्ञानेन्द्र स्वयंमले उक्साइरहेका छन् । स्वयम् आफ्नो उपस्थितिमा यी सबै कामहरु गरिरहेका छन् । यतिमात्रै हैन, बिडम्बनायुक्त, हामीले  केही र्यालीहरुमा भारतीय जनता पार्टीका नेता, उत्तर प्रदेशका मुख्यमन्त्रीको ब्यानर र पोस्टरसहितका र्यालीहरु समेत भएका हामीले देख्यौँ । यसले हाम्रो संविधानबमोजिम यो राष्ट्रहित प्रतिकुलको कार्य हो, त्यस अनुसारको व्यवहार हो । यस्ता कार्यहरुलाई कानुनी दायरा ल्याउन जरुरी छ । यस्ता विषयमा सरकारले गम्भिरतापूर्वक नोटिसमा राखेर काम गर्नुपर्ने हुन्छ ।’, बर्तौलाले भने ।
त्यस्तै उनले राजतन्त्रलाई निरङ्कुशतन्त्रको संज्ञा दिँदै लोकतन्त्रको विकल्प राजतन्त्र नहुने बताए । बर्तौलाले भने, ‘लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, लोकतन्त्रको विकल्प निरञ्कुशतन्त्र हुन सक्दैन ।’

CG

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...