नेभिगेशन
समाज

रविबारे संसदमा प्रचण्ड, ‘ठाउँ ठाउँ घुमाएर हुर्मत लिइयो, अनुचित ढंगले निलम्बन गरियो’

 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानलाई संसदमा अनुचित ढंगले निलम्बन गरिएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रचण्डले रवि लामिछानेमाथि सरकारले गरेको क्रियाकलाप लोकतन्त्र विरोधी कार्य भएको बताएका हुन् ।

Ncell
Extreme Energy


प्रचण्डले हिरासतमा नभएको नेतालाई संसदमा आउन दिने प्रचलन रहेको तर संसदले लामिछानेमाथि भने सो विपरित गरेको बताएका हुन् । उनले भने, ‘अर्को प्रतिपक्षी नेतालाई अनुचित ढंगले निलम्बन गरिएको छ र त्यसले लोकतन्त्रप्रतिको जनआस्थामा पारेको प्रभाव आफैँ मुल्याङ्कन गर्नुहोस् । हिरासतमा नभएको नेतालाई संसदमा आउन दिने प्रचलन हामीले पहिला स्थापित गरिसकेका छौँ । सदनभित्रै बहस गराउँदा मात्रै लोकतन्त्र सुदृढ गर्न मद्दत गर्छ, ठाउँ ठाउँ घुमाएर हुर्मत लिने कामले लोकतन्त्रलाई मद्दत गर्दैन ।’


संसदमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पछिल्लो समय सरकारको खराब क्रियाकलापले राजावादीहरु हौसिएको बताए । सरकारको अविवेक र खराब क्रियाकलापले नै व्यवस्थाप्रति मोहभंग गराइरहेको बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।