नेभिगेशन
समाज

रविबारे संसदमा प्रचण्ड, ‘ठाउँ ठाउँ घुमाएर हुर्मत लिइयो, अनुचित ढंगले निलम्बन गरियो’

 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानलाई संसदमा अनुचित ढंगले निलम्बन गरिएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रचण्डले रवि लामिछानेमाथि सरकारले गरेको क्रियाकलाप लोकतन्त्र विरोधी कार्य भएको बताएका हुन् ।

Ncell
Extreme Energy


प्रचण्डले हिरासतमा नभएको नेतालाई संसदमा आउन दिने प्रचलन रहेको तर संसदले लामिछानेमाथि भने सो विपरित गरेको बताएका हुन् । उनले भने, ‘अर्को प्रतिपक्षी नेतालाई अनुचित ढंगले निलम्बन गरिएको छ र त्यसले लोकतन्त्रप्रतिको जनआस्थामा पारेको प्रभाव आफैँ मुल्याङ्कन गर्नुहोस् । हिरासतमा नभएको नेतालाई संसदमा आउन दिने प्रचलन हामीले पहिला स्थापित गरिसकेका छौँ । सदनभित्रै बहस गराउँदा मात्रै लोकतन्त्र सुदृढ गर्न मद्दत गर्छ, ठाउँ ठाउँ घुमाएर हुर्मत लिने कामले लोकतन्त्रलाई मद्दत गर्दैन ।’


संसदमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पछिल्लो समय सरकारको खराब क्रियाकलापले राजावादीहरु हौसिएको बताए । सरकारको अविवेक र खराब क्रियाकलापले नै व्यवस्थाप्रति मोहभंग गराइरहेको बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।