नेभिगेशन
समाज
प्रतिनिधिसभा बैठक

यो सत्ताको ड्राइभिङ सिटमै विचौलिया छ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो ८ महिनामा भएका सबै नीति, निर्णय र नियुक्तिमा विचौलियाको हस्तक्षेप भएको  बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दे प्रचण्डले ८ महिनामा विचौलियाबिना भएको एउटै मात्रै कामको उदाहरण दिन चुनौती समेत दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 

Ncell
Extreme Energy

‘म चुनौतीका साथ भन्न चाहन्छु, पछिल्ला ८ महिनामा एउटै नीति, निर्णय र नियुक्ति मलाई भनिदिनुस् जसका पछाडि विचौलिया छैन', प्रचण्डले भने,’ जम्मा एउटा उदाहरण दिए पनि हुन्छ ।’

प्रचण्डले अहिलेको सत्ताको ड्राइभिङ सिटमै विचौलिया रहेको दाबी गरे ।  दई तिहाईको सरकारलाई कसले चलाएको छ भन्ने प्रश्न गर्दै उनले भने ‘अहिले सरकार र सरकारी संयन्त्रमा बसेका साथिहरूले बडो घमण्ड गरेको सुनिन्छ, सरकार यो गर्दैछ, तयो गर्दैछ भनेर । तर, दुई तिहाइको घोडा कसले चलाएको छ ?’

प्रचण्डले थपे, ‘म जोड दिएर भन्छु, सरकारको दुई तिहाईको घोडा प्रधानमन्त्री र मन्त्रीहरूले चलाएको मैले देखेको छैन । तपाईंहरूले गर्ने नियुक्ति, सेटिङ, विचौलियाले गरेको देखेको छु । सत्ताको ड्राइभिङ सिटमै आज विचौलिया छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।