नेभिगेशन
समाज

संविधान विपरित भएका षड्यन्त्रविरुद्ध सबै दल एक हुन गगन थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संविधान विपरित हुने कुनै पनि षड्यन्त्रविरुद्ध सबै दल एक भएर अघि बढ्नुपर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै महामन्त्री थापाले मुलुकको परिवर्तनविरुद्धको आक्रमण कुनै पनि हालतमा स्वीकार्य नभएको भन्दै संविधान विपरित हुने कुनै पनि षडयन्त्रबिरुद्ध सबै दल एक भएर अघि बढ्नुपर्ने बताएका हुन् । 

Ncell
Extreme Energy

 

बिभिन्न कारणले जनता आक्रोशित भएको भन्दै उनले एकताबद्ध भएर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए । संविधान र लोकतन्त्रप्रति माओवादी अध्यक्ष प्रचण्डले राखेको प्रतिबद्धता सकारात्मक भएको भन्दै उनले संविधान र व्यवस्थाको रक्षाको लागि कांग्रेस दृढताका साथ उभिएको धारणा राखे । 

 

महामन्त्री थापाले सत्तामा आफू हुँदा ठिक र आफू नहुँदा सबै बिग्रियो भन्ने भ्रम त्याग्नुपर्ने बताए । उनले संविधान निर्माण गर्ने दलहरु नै संविधानमा रहेका व्यवस्थाका बिषयमा बिभाजित हुनु उचित नभएको धारणा राखे । एक अर्कालाई दोष लगाउनुभन्दा पनि व्यवस्थलाई बलियो बनाउनका लागि साझा धारणा बनाउनुपर्ने उनले बताए । 

त्यस्तै थापाले बिभिन्न प्रकरणका विषयमा सदनमा उठेको भन्दै राज्यले गरेका अनुसन्धानमा असन्तुष्टि भए छानबिन समिति बनाउन छलफल गर्नुपर्ने उल्लेख गरे । उनले सरकारले पनि देश र जनतामा केन्द्रीत भएर काम गर्नुपर्ने र जनतामा विश्वासको वातावरण बनाउन सक्नुपर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।