नेभिगेशन
नेताका कुरा

संविधान विपरित भएका षड्यन्त्रविरुद्ध सबै दल एक हुन गगन थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संविधान विपरित हुने कुनै पनि षड्यन्त्रविरुद्ध सबै दल एक भएर अघि बढ्नुपर्ने बताएका छन् । 

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै महामन्त्री थापाले मुलुकको परिवर्तनविरुद्धको आक्रमण कुनै पनि हालतमा स्वीकार्य नभएको भन्दै संविधान विपरित हुने कुनै पनि षडयन्त्रबिरुद्ध सबै दल एक भएर अघि बढ्नुपर्ने बताएका हुन् । 

 

बिभिन्न कारणले जनता आक्रोशित भएको भन्दै उनले एकताबद्ध भएर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए । संविधान र लोकतन्त्रप्रति माओवादी अध्यक्ष प्रचण्डले राखेको प्रतिबद्धता सकारात्मक भएको भन्दै उनले संविधान र व्यवस्थाको रक्षाको लागि कांग्रेस दृढताका साथ उभिएको धारणा राखे । 

 

महामन्त्री थापाले सत्तामा आफू हुँदा ठिक र आफू नहुँदा सबै बिग्रियो भन्ने भ्रम त्याग्नुपर्ने बताए । उनले संविधान निर्माण गर्ने दलहरु नै संविधानमा रहेका व्यवस्थाका बिषयमा बिभाजित हुनु उचित नभएको धारणा राखे । एक अर्कालाई दोष लगाउनुभन्दा पनि व्यवस्थलाई बलियो बनाउनका लागि साझा धारणा बनाउनुपर्ने उनले बताए । 

त्यस्तै थापाले बिभिन्न प्रकरणका विषयमा सदनमा उठेको भन्दै राज्यले गरेका अनुसन्धानमा असन्तुष्टि भए छानबिन समिति बनाउन छलफल गर्नुपर्ने उल्लेख गरे । उनले सरकारले पनि देश र जनतामा केन्द्रीत भएर काम गर्नुपर्ने र जनतामा विश्वासको वातावरण बनाउन सक्नुपर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...