नेभिगेशन
समाज

संसदले बनाएको सरकारप्रति प्रचण्डले लगाएको आक्षेप खेदजनक छः महेश बर्तौला

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदले बनाएको सरकारप्रति प्रचण्डले लगाएको आक्षेप खेदजनक रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्ताैलाले झण्डै दुईतिहाइको संसदले बनाएको सरकारलाई बिचौलियाको सरकार भन्नु खेदजनक रहेको भन्दै आफुलाई सच्चाउनुपर्ने बताए । 

Ncell
Extreme Energy

वर्तमान सरकार सुशासनमा केन्द्रीत रहेको भन्दै उनले सरकारमाथि आपेक्ष लगाउने कुरा प्रचण्डको दृष्टिदोष रहेको जिकिर गरे ।

बर्तौलाले मुलुकको आवश्यकताका आधारमा कानूनी सुधार गर्नका लागि अध्यादेश ल्याएको भन्दै विपक्षी भएकै कारण विरोध गरिएको बताए । उनले बिपक्षी दललाई सदनमा प्रयाप्त स्पेश दिइरहेको धारणा राखे । 

उनले प्रधानमन्त्री केपी ओलीको निकै अघि देखिएको पूर्वनिर्धारित कार्यक्रम तय भएका कारण विपक्षी दलका नेता बोल्ने बेला सदनमा उपस्थीत हुन नसकेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।