नेभिगेशन
समाज
किसानका कुरा

सामूहिक मकैखेती गर्दै ताप्लेजुङका किसान

फुङ्लिङ । जिल्लाका किसान क्रमशः सामूहिक खेतीप्रति आकर्षित भएका पाइएको छ । मिक्वाखोला गाउँपालिका(२ का किसानले सूर्यज्योति कृषक समूह गठन गरी सामूहिक मकैखेती थालेका हुन् । बाह्र परिवारले एक सय ४० रोपनीमा मकैखेती गरिरहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्थानीय किसान इन्द्रकुमारी तामाङका अनुसार पारम्परिकबाट सामूहिक खेतीतर्फ रूपान्तरण हुँदै गएका किसान आफ्नो इच्छाअनुसार फरक–फरक प्रकारका बालीनाली लगाउने गर्थे । कसैले आलु, कसैले धान, कसैले कोदो वा मकैखेती गर्थे । तर अहिले भने योजनाबद्ध रूपमा सामूहिक खेती गर्ने प्रवृत्ति बढ्दै गएको छ ।

Extreme Energy

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले मकै जोन कार्यक्रमअन्तर्गत चक्लाबन्दी योजनाबाट ५० प्रतिशत अनुदान दिएपछि किसानले सामूहिक मकैखेती थालेका हुन् । कृषक समूहका सचिव दिवाकर बस्नेतका अनुसार एक सय ४० रोपनीमा माटोको गुणस्तर परीक्षण गरेर खेती थालिएको हो । समूहले सामुहिक खेतीका निम्ति रु १६ लाख लगानी गरेको छ । कुल लागतको ५० प्रतिशत किसानले बाँकी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइले अनुदान प्रदान गरेको छ ।

रामपुर हाइब्रिड १६ र मनकामना(३ प्रजातिका उन्नत जातका लगाइएको छ । परियोजनाका प्रमुख काशीराम पाण्डेका अनुसार चक्लाबन्दी कार्यक्रमअन्तर्गत किसानलाई आधुनिक कृषियन्त्र प्रयोग गर्ने ज्ञान, खेती गर्ने प्रविधिबारे जानकारी दिइने गरेको छ ।

सूर्यज्योति कृषक समूहका अध्यक्ष देवेन्द्र गुरागाईँका अनुसार सामूहिक खेतीका सदस्य आगामी वर्षहरूमा मकै उत्पादनलाई अझ व्यावसायिक बनाउने योजनामा छन् । स्थानीय बजारसँगै राष्ट्रिय बजारमा मकै बिक्री गर्ने तथा अन्य आधुनिक कृषि प्रविधि पनि अपनाउने सोचमा उनीहरु छन् । कृषि पर्यटन प्रवद्र्धन गर्दै अन्य किसानलाई समेत सामूहिक खेतीप्रति आकर्षित गर्ने समूहको लक्ष्य छ । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको यो चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आँकलन गरिएकाले अत्यधिक तीव्र हावाहुरीको जोखिम कम भए पनि वर्षा, हिमपात र...
तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

यहाँका किसानले सामूहिक र व्यक्तिगत गरेर १६ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका छन् । कृषक समूहकी अध्यक्ष जितमाया रानाका अनुसार गत वर्ष ६ रोपनीमा सयपत्री लगाइएको थियो...
सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

त्यसैगरी प्रवक्ता शेर्पाका अनुसार बैठकले यही कात्तिक ८ गते धनकुटा, भोजपुर र उदपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा बोट दुर्घटनाको सत्य, तथ्य अध्ययन एवं छानबिनको लागि प्रदेश सचिव आसमान...
भोटेकोशी बाढीमा बेपत्ता बुद्धिमानको ६० दिनपछि कुशको शव बनाएर दाहसंस्कार

भोटेकोशी बाढीमा बेपत्ता बुद्धिमानको ६० दिनपछि कुशको शव बनाएर दाहसंस्कार

भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका उदयपुर कटारी नगरपालिका–५ सोक्लाका २० वर्षीय बुद्धिमान परियार ६० दिनसम्म पनि फेला नपरेपछि परिवारले कुशको प्रतीकात्मक शव बनाएर दाहसंस्कार गरेको छ।