नेभिगेशन
नेताका कुरा

जब मन्त्रिहरुले नै संसद बैठक बंक गरे.....

काठमाडौँ । बुधबार बिहान ११ बजे बोलाईएको प्रतिनिधि सभाको बैठक सरकारका कुनै पनि मन्त्रि उपस्थित नभएपछि १५ मिनेटका लागि स्थिगित भएको छ । साढे ११ बजे सुरु भएको बैठकमा सरकारका कुनै पनि मन्त्रि उपस्थित नभएको पछि नेकपा माओवादीकेन्द्र ले आपत्ती जनाएको थियो । 

बैठकको शुरूमै सभामुखसँग समय लिएर माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले सरकारका मन्त्री उपस्थित नभई बैठक चल्न नसक्ने बताए ।

उनले भने ‘सरकारले सदनलाई हेपिरहेको छ । हाम्रो अभ्यास सरकारले मानिरहेको छैन । संसद् बैठकमा सरकारको प्रतिनिधि कोही पनि छैनन् । नियमावलीको व्यवस्थाअनुसार सरकार चल्दैन,’। 

प्रतिनिधि सभा नियमावलीको नियम ६ को उपनियम ५ मा संसद बैठक चल्दा सरकारको प्रतिनिधि अनिवार्य उपस्थित हुने व्यवस्था छ । 
१५ मिनेट स्थिगति भएपछि अहिले दोस्रो बैठक चलिरहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...