नेभिगेशन
समाज

चैत १५ गतेका लागि तोकिएको जनप्रदर्शन सफल बनाउने समाजवादी मोर्चाको निर्णय

समाजवादी मोर्चाको बैठकले चैत १५ गते काठमाडौँमा विरोधसभा र जनप्रदर्शन गर्ने भएको  छ  । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको मोर्चाको १२ औँ केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो । बैठकले यही चैत १५ गतेका लागि तय भएको विरोधसभा र जनप्रदर्शनलाई सफल बनाउने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले जानकारी दिए । 
 
बैठकमा देशको राजनीतिक परिस्थितिका बारेमा छलफल गरेको जानकारी दिँदै उनले राजतन्त्र पक्षधरको प्रदर्शनले मुलुकको राजनीतिक परिस्थिति झन् जटिल बन्दै गएको निष्कर्ष निकालेको बताए । उनले प्रतिगामी कदमलाई असफल बनाउने निर्णय बैठकले गरेको जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समाजवादी मोर्चा नेपालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा शनिबार नागरिक समाज र बुद्धिजीविसँग छलफल गर्ने भएको छ । 
 
मोर्चाले शनिबार नै पत्रकारसँग पनि अन्तरक्र्रिया गर्ने भएको छ । संसदवादी दल र संसद् बाहिर रहेका राजनीतिक दल र नेतृत्वसँग राजनीतिक संवाद अघि बढाउने मोर्चाको निर्णय छ । “राष्ट्रिय स्वाधीनता र गणतन्त्रको रक्षा एवं समाजवादतर्फको यात्रालाई दृढतापूर्वक अघि बढाउने वातावरण बनाउन बृहत्  राजनीतिक पहल लिने निर्णय गरेको छ”, उनले भने।

Ncell
Extreme Energy

बैठकमा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत नेताहरु सहभागी थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
शासकीय सुधारका १०० बुँदे कार्यसूचीमा ८७.२ प्रतिशत प्रगति हासिल: अर्थमन्त्री डा वाग्ले

शासकीय सुधारका १०० बुँदे कार्यसूचीमा ८७.२ प्रतिशत प्रगति हासिल: अर्थमन्त्री डा वाग्ले

विनियोजन विधेयक, २०८३ अन्तर्गत राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायहरू, रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नमा आज...
नक्कली भुटानी शरणार्थी प्रकरणमा आज फैसला सुनाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज फैसला सुनाइँदै

उच्चपदस्थ राजनीतिक तथा प्रशासनिक व्यक्तिसमेत मुछिएको यो मुद्दामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद् आङटावा शेर्पालगायत पूर्वमन्त्री, बहालवाला सचिव, गृहमन्त्रीका सुरक्षा सल्लाहकार, निजी सचिव...
कृषितर्फको ५९ प्रतिशत बजेट रासायनिक मल आपूर्तिमा खर्च हुन्छः कृषिमन्त्री चौधरी

कृषितर्फको ५९ प्रतिशत बजेट रासायनिक मल आपूर्तिमा खर्च हुन्छः कृषिमन्त्री चौधरी

आगामी आवका लागि सङ्घीय निकायतर्फ ६० अर्ब ३० करोड, प्रदेशमा सशर्त अनुदानतर्फ सात अर्ब ७१ करोड, स्थानीय तहमा सशर्त अनुदानतर्फ तीन अर्ब २० लाख र वित्तीय व्यवस्थातर्फ दुई...
एडीबीले नेपाललाई थप तीन खर्ब सहयोग गर्ने

एडीबीले नेपाललाई थप तीन खर्ब सहयोग गर्ने

एडीबी र नेपालबीचको साझेदारीको ६० वर्ष पूरा भएको अवसरमा एडीबी अध्यक्ष कान्दा र प्रधानमन्त्री शाहबीच भेटवार्ता भएको उल्लेख गर्दै एडीबीले प्रकाशन गरेको बक्तव्यमा भनिएको छ, ‘नेपालको सबैभन्दा ठूलो...

भर्खरै