नेभिगेशन
समाज

यस वर्षको महामूर्खको उपाधि मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहलाई 

धनुषा । यस वर्षको महामूर्ख उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने भएको छ । होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले आयोजना गर्दै आएको प्रमुख सांस्कृतिक कार्यक्रम ‘महामूर्ख सम्मेलन’को दोस्रो दिन आज जनकपुरधाममा उक्त घोषणा गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रङको र खुसीको पर्व होलीका अवसरमा जनकपुरधामस्थित मिनापले हरेक वर्ष यो सम्मेलन आयोजना गर्दै आएको छ । कार्यक्रममा हास्यव्यङ्ग्य र सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिँदै आएको छ । उक्त कार्यक्रमको माध्यमबाट मिनापले मिथिलाको कला र संस्कृतिको संरक्षणमा योगदान पु¥याउँदै आएको मिनापका पूर्वअध्यक्ष सुनिल मल्लिकले बताए । उनलाई अनुसार होली पर्वको पौराणिक गाथा, ख्यालठट्टा र मैथिली भाषामा गाइने जोगिरा गीतको संरक्षण गर्न यो कार्यक्रम आयोजना गरिन्छ । 

Ncell
Extreme Energy

उनले भने, “मिथिलाञ्चलमा जोगिरा गीत सुनिन लगभग बन्द भएको छ र भोजपुरी गीतको प्रभुत्व बढिरहेको बेला मिनापले पुरानो संस्कृतिलाई बचाउन होली महोत्सव र महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ ।”

‘महामूर्ख’ उपाधि २०६१ सालदेखि दिन थालिएको हो । विसं २०६१ मा मैथिली कवि नरेश ठाकुर, २०६२ सालमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता शीतल झा, २०६३ सालमा जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर बिसी तथा २०६४ सालमा सद्भावना पार्टीका नेता ओमकुमार झालाई महामूर्ख उपाधि दिइएको थियो ।

त्यसैगरी, २०६५ सालमा साहित्यकार डा राजेन्द्र विमल, २०६६ सालमा पूर्वमन्त्री रामचन्द्र झा, २०६७ सालमा राजनीतिक विश्लेषक सिके लाल, २०६८ सालमा साहित्यकार रामभरोष कापडी भ्रमर, २०६९ सालमा नेपाली कांग्रेसका नेता रामसरोज यादव तथा २०७० सालमा तमलोपाका नेता डा विजयकुमार सिंहलाई महामूर्ख उपाधि दिइएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

काठमाडौं महानगरपालिकाले जोखिममा रहेका बिरामीलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउन बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ।
ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को

ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत व्यापारमा ऐतिहासिक फड्को मारेका छन् ।
दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

यस वर्षको दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार फूलपातीदेखि विजयादशमीसम्म देशका हिमाली तथा केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
सभामुख अर्याल र अमेरिकी कार्यवाहक राजदूत बाउल्डिनबीच शिष्टाचार भेट

सभामुख अर्याल र अमेरिकी कार्यवाहक राजदूत बाउल्डिनबीच शिष्टाचार भेट

सभामुख डोलप्रसाद (डीपी) अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा बाढीबाट उत्पन्न विपद्का बेला नेपाललाई सहयोग गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद दिएका छन्।