नेभिगेशन
समाज

गुल्मीमा हत्या र काभ्रेपलाञ्चोकमा शृङ्खलाबद्ध डकैतीमा संलग्न बुद्धिमान तामाङ प्रहरीको फन्दामा

काठमाडौँ । हत्या, शृङ्खलाबद्ध डकैती तथा लुटपाट गर्ने गिरोहका नाइके बुद्धिमान तामाङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गुल्मीमा भएको हत्या र लुटपाट तथा काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा डाँका चोरीमा संलग्न उनलाई आज ललितपुरको लगनखेलबाट पक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विकास, मोटे, अर्जुन भन्ने नामबाट आपराधिक क्रियाकलापमा संलग्न हुँदै आएका ४१ वर्षीय तामाङविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा डलर ठगी, ललितपुरमा डाँका चोरी तथा इलाका प्रहरी कार्यालय बाह्रबिसेमा शान्ति सुव्यवस्था तथा नैतिकताविरुद्धको कसुरमा मुद्दा दर्ता भएको अनुसन्धानबाट खुलेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए । 

Ncell
Extreme Energy

तामाङको मुख्य योजना तथा संलग्नतामा २०७९ माघ १४ गते राति गुल्मीको मुसिकोट नगरपालिका–७ मा अवस्थित गङ्गा होटलका सञ्चालक ५८ वर्षीय गोपालकुमारी शेरचनलाई होटलमा हातखुट्टा र मुखमा टेपले बाँधी गरगहना र नगद लुटी हत्या गरी फरार भएका थिए । 

निज तामाङले २०७९ कात्तिक २७ गते काभ्रेको धुलिखेल नगरपालिका–९ फस्कोटमा विक्रम तामाङको घरमा लुटपाट र २०८१ साउन ३१ गते काभ्रेकै पनौती नगरपालिका–५ चौकोटमा धर्मगोपाल श्रेष्ठको होटलबाट रु ४० हजार डकैती गरेको अनुसन्धानबाट खुलेको छ । 

तामाङको समूहले काभ्रेको बनेपा नगरपालिका–३ टनचोक डाँडामा लोप्चन लामाको घरमा प्रवेश गरी तीन थान मोबाइल, नगद, गरगहना र विभिन्न धनमाल र बनेपा नगरपालिका–४ रेडक्रस टोलमा सुकान्त बम्जनको घरमा धारिलो हतियार देखाइ सुनका गरगहना तथा नगद धनमाल लुटपाट गरेको प्रहरीले जनाएको छ । 

लुटपाटका घटनामा तामाङ र निजको सहोदर दाई वीरबहादुरसहित चार जनाको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले सो घटनामा संलग्न वीरबहादुरसहित उदयपुरका ३७ वर्षीय राजुकुमार दनुवार, ओखलढुङ्गाका ५२ वर्षीय महेशकुमार खड्कालाई विभिन्न मितिमा पक्राउ परी कानुनी कारबाहीको प्रक्रियामा रहेका छन् । 

मुख्य योजनाकार बुद्धिमानको सहोदर कान्छो भाइ चमेरे भन्ने शिवकुमार तामाङ गुल्मी हत्या कसुरमा पुर्पक्षका लागि हाल कारागारमा रहेका छन् । आज पक्राउ परेका बुद्धिमानलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको ब्यूरोका प्रहरी उपरीक्षक शाहीले जानकारी दिए । 

‘कल बाइपास’ मा संलग्न पक्राउ

यसैबीच ब्यूरोले अवैध अन्तरराष्ट्रिय कल तथा एसएमएस बाइपासमा संलग्न १९ वर्षीय धिरज पटेललाई पक्राउ गरेको छ । नेपाल टेलिकम र एनसेल प्रालिको प्राविधि सहयोग र समन्वयमा ब्यूरोबाट खटिइएको प्रहरीले टोलीले उनलाई पर्साको वीरगन्ज महानगरपालिका–३० स्थित लालपर्साबाट नियन्त्रणमा लिएको हो । 

सो क्षेत्रमा दुईवटा घरमा कोठा भाडा लिएर इन्टरनेटमार्फत कल बाइपास गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । प्रहरीले निजको साथबाट भिओआइपी गेटवे तीन थान, एनसेल कम्पनीको सिमकार्ड १४ थान, राउटर चार थान, ल्यापटप दुई थान, ब्याट्री र इन्र्भटर दुई थानलगायत बाइपास गर्ने विभिन्न उकरण बरामद गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालमा थप २०० अर्ब लगानी गर्ने बहुराष्ट्रिय कम्पनीको प्रतिबद्धता

नेपालमा थप २०० अर्ब लगानी गर्ने बहुराष्ट्रिय कम्पनीको प्रतिबद्धता

अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्र्याउन, सञ्चालनमा रहेका उद्योगको क्षमता विस्तार गर्न तथा नयाँ रोजगारी सिर्जना गर्न कम्पनीहरूलाई आग्रह गरेका थिए । “नेपालमा अझ ठूलो लगानी गर्नुहोस्, भइरहेको...
सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

मेहताका अभिभावक र नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङबीच आज भएको सहमतिअनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ ।
कांग्रेसले के के गर्यो निर्णय ?

कांग्रेसले के के गर्यो निर्णय ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले पूर्वतयारी नगर्दा देशभर खाना पकाउने ग्यासको अभाव भएको निष्कर्ष निकालेको छ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारीप्रति प्रचण्डको स्वागत

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारीप्रति प्रचण्डको स्वागत

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीप्रति खुसी व्यक्त गरेका छन्।