नेभिगेशन
समाज

ट्रम्पद्वारा पुटिनलाई युक्रेनी सेनालाई जोगाउन आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुसी समकक्षी भ्लादिमिर पुटिनसँग फ्रन्टलाइनमा रहेका युक्रेनी सैनिकहरूको ज्यान बचाउन आग्रह गरेका छन् । उनले मस्कोमा भएको वार्तालाई ‘धेरै राम्रो र फलदायी’ युद्धविराम छलफल भनेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तीन वर्षको युद्धपछि रुस र युक्रेनबीच ३० दिने युद्धविरामको योजनाबारे छलफल गर्न उनका विशेष दूतले मस्कोमा पुटिनसँग वार्ता गरेपछि ट्रम्पको यो टिप्पणी आएको हो ।

Ncell
Extreme Energy

“हामीले हिजो रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग धेरै राम्रो र उत्पादक छलफलहरू गर्‍यौँ र यो भयावह, रक्तपातपूर्ण युद्ध अन्त्यमा समाप्त हुनसक्ने धेरै राम्रो सम्भावना छ”, ट्रम्पले आफ्नो ट्रुथ सोशल नेटवर्कमा भनेका छन् । 

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले पछि पत्रकारहरूलाई स्पष्ट पार्दै ट्रम्प आफैँले बिहीबार राति पुटिनसँग कुरा गर्नुभएको बताए । उनले शुक्रबार कुनै कल निर्धारित नभएको उल्लेख गर्दै ‘तर त्यो स्पष्ट रूपमा परिवर्तन हुनसक्छ’ भने ।

गत हप्ता ट्रम्पले आफू कार्यालयमा फर्किएपछि फेब्रुअरीमा आधिकारिक रूपमा घोषणा गरिएको फोनवार्ता बाहेक पुटिनसँग ‘धेरै पटक’ कुरा गरेको बताउनुभएको थियो । आधिकारिक फोनवार्ताले वर्तमान युद्धविराम प्रयासलाई अघि बढाएको हो ।

शुक्रबार आफ्नो पोस्टमा ट्रम्पले पुटिनलाई ‘हजारौँ’ युक्रेनी सैनिक ‘पूर्ण रूपमा रूसी सेनाले घेरिएको, र धेरै खराब र कमजोर स्थितिमा रहेको’ भन्दै एउटा असामान्य अपील पनि जारी गरे । “मैले राष्ट्रपति पुटिनलाई उनीहरूको ज्यान बचाउन आग्रह गरेको छु । यो दोस्रो विश्वयुद्धपछि कहिल्यै नदेखेको एउटा भयानक नरसंहार हुनेछ । भगवानले ती सबैलाई आशीर्वाद दिनुहोस् ” ट्रम्पले लेखेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
परीक्षा धाँधली र तीव्र आन्दोलनकाबीच भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

परीक्षा धाँधली र तीव्र आन्दोलनकाबीच भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

राजीनामा दिएलगत्तै सामाजिक सञ्जाल एक्समा एक पत्र सार्वजनिक गर्दै धर्मेन्द्र प्रधानले यो निर्णय आफ्नो व्यक्तिगत प्रतिष्ठाको विषय नभएको उल्लेख गरेका छन्. उनले देशको युवा शक्ति नै राष्ट्रको वास्तविक...
भारतीय अभियानी सोनम वाङ्चुकले २६ दिनमा तोडे अनसन

भारतीय अभियानी सोनम वाङ्चुकले २६ दिनमा तोडे अनसन

भारतीय चर्चित वातावरण तथा शिक्षा अभियानी सोनम वाङ्चुकले २६ दिनदेखि जारी राखेको भोक हड्ताल तोडेका छन् ।
भारतमा देशव्यापी बन्दैछ विद्यार्थी आन्दोलन

भारतमा देशव्यापी बन्दैछ विद्यार्थी आन्दोलन

भारतमा चिकित्सा शिक्षाको प्रवेश परीक्षा नीटको प्रश्नपत्र लीक प्रकरण र व्यापक अनियमितताविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनले उग्र रूप लिँदै गएको छ।