नेभिगेशन
समाज

ट्रम्पद्वारा पुटिनलाई युक्रेनी सेनालाई जोगाउन आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुसी समकक्षी भ्लादिमिर पुटिनसँग फ्रन्टलाइनमा रहेका युक्रेनी सैनिकहरूको ज्यान बचाउन आग्रह गरेका छन् । उनले मस्कोमा भएको वार्तालाई ‘धेरै राम्रो र फलदायी’ युद्धविराम छलफल भनेका छन् । 

तीन वर्षको युद्धपछि रुस र युक्रेनबीच ३० दिने युद्धविरामको योजनाबारे छलफल गर्न उनका विशेष दूतले मस्कोमा पुटिनसँग वार्ता गरेपछि ट्रम्पको यो टिप्पणी आएको हो ।

City Express

“हामीले हिजो रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग धेरै राम्रो र उत्पादक छलफलहरू गर्‍यौँ र यो भयावह, रक्तपातपूर्ण युद्ध अन्त्यमा समाप्त हुनसक्ने धेरै राम्रो सम्भावना छ”, ट्रम्पले आफ्नो ट्रुथ सोशल नेटवर्कमा भनेका छन् । 

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले पछि पत्रकारहरूलाई स्पष्ट पार्दै ट्रम्प आफैँले बिहीबार राति पुटिनसँग कुरा गर्नुभएको बताए । उनले शुक्रबार कुनै कल निर्धारित नभएको उल्लेख गर्दै ‘तर त्यो स्पष्ट रूपमा परिवर्तन हुनसक्छ’ भने ।

गत हप्ता ट्रम्पले आफू कार्यालयमा फर्किएपछि फेब्रुअरीमा आधिकारिक रूपमा घोषणा गरिएको फोनवार्ता बाहेक पुटिनसँग ‘धेरै पटक’ कुरा गरेको बताउनुभएको थियो । आधिकारिक फोनवार्ताले वर्तमान युद्धविराम प्रयासलाई अघि बढाएको हो ।

शुक्रबार आफ्नो पोस्टमा ट्रम्पले पुटिनलाई ‘हजारौँ’ युक्रेनी सैनिक ‘पूर्ण रूपमा रूसी सेनाले घेरिएको, र धेरै खराब र कमजोर स्थितिमा रहेको’ भन्दै एउटा असामान्य अपील पनि जारी गरे । “मैले राष्ट्रपति पुटिनलाई उनीहरूको ज्यान बचाउन आग्रह गरेको छु । यो दोस्रो विश्वयुद्धपछि कहिल्यै नदेखेको एउटा भयानक नरसंहार हुनेछ । भगवानले ती सबैलाई आशीर्वाद दिनुहोस् ” ट्रम्पले लेखेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारतमा यात्रु र मालवाहक रेल एक–आपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु

भारतमा यात्रु र मालवाहक रेल एक–आपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु

वरिष्ठ सरकारी अधिकारी सञ्जय अग्रवालका अनुसार स्थानीय यात्रु रेलले कार्गो ट्रेनलाई पछाडिबाट ठोक्काएको थियो । सो ठक्करपछि यात्रु रेलका कोचमध्ये एक मालवाहक गाडीको माथि चढेको थियो ।
प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

‘प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा मताधिकार दिनेबारे गृहकार्य सुरु गरिएको हो,’ प्रवक्ता काफ्लेले सिधाकुरासँग भने, ‘तर, तत्काल समानुपातिकमा मात्रै मताधिकार दिन सकिने अवस्था देखिएको छ । तर यो...
अफगानिस्तानमा शक्तिशाली भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

अफगानिस्तानमा शक्तिशाली भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार अफगानिस्तानको मजार–ए–सरिफ सहर नजिकै २८ किलोमिटर  गहिराइमा उक्त भूकम्प गएको थियो ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता सराफत जमानले घटनाको पुष्टि गर्दै भूकम्पका कारण बल्ख र समङ्गान...
दक्षिणी भारतमा भयानक सडक दुर्घटनाः २० जनाको मृत्यु, दर्जनौँ घाइते

दक्षिणी भारतमा भयानक सडक दुर्घटनाः २० जनाको मृत्यु, दर्जनौँ घाइते

राज्य सञ्चालित यातायात बस करिब ७० जना यात्रु बोकी राजधानी हैदराबादतर्फ गइरहेको थियो । विपरीत दिशाबाट अत्यधिक गतिमा आइरहेको ट्रक चेभल्ला सहर नजिकै बससँग ठोक्किएको जिल्ला अधिकारी के.चन्द्रकलाले...