नेभिगेशन
समाज

रौतहटमा खाेलामा तैरिरहेको अवस्थामा फेला पर्यो एक युवकको शव, पहिचान खुलेन

चन्द्रपुर ।  रौतहटको चन्द्रपुर नगरपालिका ७ को आमो खोलामा एक बेवारिसे अवस्थामा रहेको पुरुषको शव फेला परेको छ । अन्दाजी ३६ वर्षका पुरुषको शब नदिमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 

Ncell
Extreme Energy

खबर प्राप्त हुनासाथ  प्रहरी निरीक्षक साजन कुमार शर्माको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पठाइएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए । प्रहरी पुगेर उक्त शवको पहिचान गर्ने प्रयास गरेको थियो । तर शव लामो समयदेखि पानीमा डुबेका कारण अधिकांश भाग नचिनिने भएकाले  शवको प्रारम्भीक अनुसन्धान गरि प्रादेशिक अस्पताल गौरमा शव परिक्षणको लागि पठाइएको प्रहरीले जनाएको छ । 


मृतकको हालसम्म सनाखत भएको छैन । चिन्नुहुने आफन्त, साथीभाईलाई प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रमुख राईले आग्रह गरेका छ्न् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालमा थप २०० अर्ब लगानी गर्ने बहुराष्ट्रिय कम्पनीको प्रतिबद्धता

नेपालमा थप २०० अर्ब लगानी गर्ने बहुराष्ट्रिय कम्पनीको प्रतिबद्धता

अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्र्याउन, सञ्चालनमा रहेका उद्योगको क्षमता विस्तार गर्न तथा नयाँ रोजगारी सिर्जना गर्न कम्पनीहरूलाई आग्रह गरेका थिए । “नेपालमा अझ ठूलो लगानी गर्नुहोस्, भइरहेको...
सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

मेहताका अभिभावक र नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङबीच आज भएको सहमतिअनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
यलुङ रि हिमालमा बेपत्ता ५ जनाको ९ महिनापछि शव भेटियो

यलुङ रि हिमालमा बेपत्ता ५ जनाको ९ महिनापछि शव भेटियो

गत कार्तिकमा हिमाल आरोहणका लागि गएका नेपाली र विदेशी नागरिकसहितको १५ जनाको टोली हिमपहिरोमा परेका थिए।  त्यतिबेला ८ जनाको सकुशल उद्दार गरिएको थियो भने २ जना मृत भेटिएका...