नेभिगेशन
समाज

विद्युतीय सवारीसाधन सञ्चालनसँगै सस्तियो पोखरा–बागलुङ यात्रा

गण्डकी । धवलागिरि–गण्डकी यातायात सेवा प्रालिले पोखरा–बागलुङ र पाेखरा म्याग्दी चल्ने विद्युतीय माइक्रो बसको भाडादर समायोजन गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कम्पनीले विद्युतीय गाडी सञ्चालन गरेको एक वर्ष पुगेको अवसरमा भाडादर घटाएको हो । पोखरा–बागलुङ यसअघि रु चार सय ५० लिने गरिएकामा शुक्रबारदेखि रु ५० घटाएर रु चार सय कायम गरिएको प्रालिका अध्यक्ष उमेश केसीले जानकारी दिए । म्याग्दी–पोखराको भाडा रु पाँच सय ५० बाट घटाएर रु पाँच सय कायम गरिएको उनले बताए। 

Ncell
Extreme Energy

बागलुङदेखि पोखराका लागि गत वर्ष फागु पूर्णिमाका दिन विद्युतीय माइक्रो बस सेवा सञ्चालन गरिएको थियो । सुरुवाती चरणमा दुई वटा बसबाट सेवा सञ्चालन गरेको बागलुङ–पोखराका लागि हाल २० वटा माइक्रो बस सञ्चालनमा छन् । कम्पनीले म्याग्दीको बेनीबाट पोखराका लागि पनि पाँच वटा बस सञ्चालन गरेको छ । 

बागलुङ– नारायणगढका लागि पाँच वटा बस सञ्चालनमा ल्याइएको छ । विद्युतीय सवारीसाधनको माग बढेपछि कम्पनीले सेवालाई थप व्यवस्थित गराउन भाडादर घटाएको हो । विद्युतीय गाडीले वातावरण प्रदूषणमा कमी आउने, इन्धनमा लाग्ने खर्च नहुने र नेपालमै उत्पादित विद्युत्को प्रयोग हुने हुँदा यो यात्राका लागि सहज र सस्तो हुने गरेको छ ।

पछिल्लो समय प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि विद्युतीय सवारीसाधन भित्र्याउन थालेका छन् ।

प्रदूषणमुक्त र सञ्चालन खर्च कम आउने हुँदा विद्युतीय सवारीसाधनप्रति आकर्षण बढेको हो । विद्युतीय गाड़ी सुविधायुक्त र वातावरणमैत्री छन् । बिजुलीको नियमित उपलब्धता, चार्जिङ स्टेशन विस्तार आदिमा सरकारले ध्यान दिनुपर्ने यातायात व्यवसायीको माग छ । 

प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार मझौला र साना विद्युतीय सवारीसधान बढी प्रयोगमा आइरहेका छन् । गण्डकी प्रदेशमा ठूला विद्युतीय बस भने सञ्चालनमा आइसकेका छैनन् । माइक्रो बस, कार, भ्यान र स्कुटरको सङ्ख्या बढ्दो छ । कास्की, बागलुङ, तनहुँ र नवलपुरमा रहेका यातायात कार्यालयमा विद्युतीय सवारीसाधन दर्ता गर्न सकिने मन्त्रालयले जनाइएको छ । चार्जिङ स्टेनसन भएका ठाउँमा मात्र सवारीसाधनको दर्ता र सञ्चालनमा अनुमति दिने गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सभामुख अर्याल र अमेरिकी कार्यवाहक राजदूत बाउल्डिनबीच शिष्टाचार भेट

सभामुख अर्याल र अमेरिकी कार्यवाहक राजदूत बाउल्डिनबीच शिष्टाचार भेट

सभामुख डोलप्रसाद (डीपी) अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा बाढीबाट उत्पन्न विपद्का बेला नेपाललाई सहयोग गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद दिएका छन्।
चिकित्सा शिक्षामा ४१८ सिट थप

चिकित्सा शिक्षामा ४१८ सिट थप

चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्र २०८३/८४ का लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा ४१८ सिट थप गर्ने निर्णय गरेको छ। थपिएका सिट सरकारी शिक्षण संस्थामा केन्द्रित गरिएको छ...
खगेन्द्र सुनारको अडियो प्रकरणमा आवश्यक परे अनुसन्धान हुन्छ : मन्त्री तिमिल्सिना

खगेन्द्र सुनारको अडियो प्रकरणमा आवश्यक परे अनुसन्धान हुन्छ : मन्त्री तिमिल्सिना

सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले सांसद खगेन्द्र सुनारको विवादास्पद अडियो प्रकरणमा आवश्यक परे सरकारले अनुसन्धान गर्ने बताएका छन्।
मधेश सरकारबाट किन बाहिरियो एमाले?

मधेश सरकारबाट किन बाहिरियो एमाले?

नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरिएको छ। एमालेका चार मन्त्रीले मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा बुझाएका छन् भने पार्टीले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको जनाएको छ।