नेभिगेशन
समाज

एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ

बनियानी । सशस्त्र प्रहरी बलले एक हजार ६३६ किलो गाँजासहित झापाबाट दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले सो परिमाणको गाँजासहित बुद्धशान्ति गाउँपालिका–४ मेची राजमार्गबाट दुई  ट्रकसहित दुवैजनालाई नियन्त्रणमा लिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको ट्रकबाट सशस्त्र प्रहरी बलको टोलीले शुक्रबार उनीहरुलाई नियन्त्रणमा लिएको किलो गाँजा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं। १ बराह बाहिनीका सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईँले जानकारी दिए। पक्राउ पर्नेमा धनकुटाको शहिदभूमि नगरपालिका–४ का महेश राई र इलामको माईजोगाई गाउँपालिका–२ का गङ्गाबहादुर बस्नेत रहेका छन् ।

Marvel
Extreme Energy

 प्रहरीले जाँच गर्दा ट्रकमा ५७ बोरामा राखेर ल्याउँदै गरेको गाँजा बरामद गरेको हो । प्रहरीले उनीहरुको साथबाट रू ८७ हजार र पाँच थान मोबाइल समेत बरामद गरेको छ । उनीहरुलाई ट्रकसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नागढुङ्गा सुरुङमार्गमा आजदेखि शुल्क लाग्ने, कुन सवारीलाई कति ?

नागढुङ्गा सुरुङमार्गमा आजदेखि शुल्क लाग्ने, कुन सवारीलाई कति ?

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले आजदेखि सुरुङमार्ग सडकको उपयोग गर्ने सवारीसाधनलाई दस्तुर (टोल शुल्क) लागु गरेको छ ।
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन् ।
अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा क्रमिक सुधार

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा क्रमिक सुधार

अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको र माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले मौसम...
७ देशका प्रभावशाली कन्टेन्ट क्रियटर नेपालमा, पोखरा, चितवन र बर्दियाको पर्यटन प्रबर्द्धन गरिने

७ देशका प्रभावशाली कन्टेन्ट क्रियटर नेपालमा, पोखरा, चितवन र बर्दियाको पर्यटन प्रबर्द्धन गरिने

पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल गनेसले नेपालको पर्यटन प्रबर्द्धनलाई डिजिटल माध्यमबाट प्रचार-प्रसार गर्ने विषयलाई प्राथमिकतामा राख्दै आएका छन् ।