नेभिगेशन
समाज

हात उठाएर शिक्षकको प्रदर्शन (तस्विरहरु)

काठमाडौँ । आन्दोलनरत शिक्षकहरुले बुधबार हात उठाएर प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै आन्दोलनरत शिक्षकले बुधबार काठमाडौँको माइतिघरदेखि बानेश्वर क्षेत्रसम्म हात उठाएर प्रदर्शन गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले बोलाएको वार्ता अस्वीकार गर्दै नेपाल शिक्षक महासंघले बुधबार पनि काठमाडौँको माइतिघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका हुन् । सरकारले विगतमा पटक–पटक गरेको सहमति र सम्झौताको कार्यान्वयन गर्दै शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित शैक्षिक हड्ताल गर्दै शिक्षकहरु आन्दोलनरत छन् ।

Ncell
Extreme Energy

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरुलाई वार्ताको लागि दोस्रो पटक आह्वान गरेपनि महासंघले वार्ता अस्वीकार गरेको छ । आफूहरु अहिले कुनै नयाँ माग र मुद्दा लिएर आन्दोलनमा नआएको बताउँदै वार्तामा बस्नुको कुनै औचित्य नरहेको महासंघको भनाइ छ ।

महासंघले संसदको वर्षे अधिवेसन तत्कालै शुरु गर्ने, विशेष अधिवेसन आह्वान गर्ने वा अध्याधेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

 

teachers-protest-11-1744188868.jpg

teachers-protest-1744188868.jpg

teachers-protest-9-1744188867.jpg

teachers-protest-10-1744188867.jpg

teachers-protest-5-1744188866.jpg

teachers-protest-6-1744188866.jpg

teachers-protest-7-1744188866.jpg

teachers-protest-3-1744188859.jpg

teachers-protest-4-1744188859.jpg

teachers-protest-2-1744188858.jpg

teachers-protest-1-1744188858.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

सार्क क्षेत्रबाट मात्रै ३०,०८५ पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २३.९ प्रतिशतको वृद्धि हो । यस क्षेत्रबाट सधैँझैँ भारतले सबैभन्दा ठुलो योगदान दिएको छ । सेप्टेम्बरमा...
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...