नेभिगेशन
समाज

सर्वोच्चले भन्यो रवि लामिछानेको मुद्दाको डिजिटल मिसिल बनाउनु, १५ दिन भित्र कैफियत प्रतिवेदन पेश गर्नु

काठमाडौँ । सर्वोच्च अदालतले पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेको मुद्दामा उच्च अदालत र जिल्ला अदालत दुवैबाट मुद्दाका कागजपत्र झिकाउने आदेश जारी गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले आइतबार प्रारम्भिक सुनुवाइ सकेपछि  उच्च अदालतले थुनामा पठाउन गरेको आदेशको निर्णय लिँदाको आधारसहितको कैफियत प्रतिवेदन मागेको गरेको छ । 

Ncell
Extreme Energy

यस्तै जिल्ला अदालत रुपन्देहीलाई  मुद्दाको मिसिलमा संलग्न सबै कागजातको विद्युतीय फाइल तयार पारेर १५ दिनभित्र सफ्टवेयरमा अनिवार्य राख्न पत्रचार गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको छ । 

डिजिटल फाइल सफ्टवेयरमा अपलोड गरेपछि मुद्धाको मिसिल अनलाईनबाट अदालतले हेर्न सक्ने छ । यसका लागि कागज बोकेर ल्याउने लैजाने झण्झट हट्ने छ । 
यस्तै सर्वोच्चले १५ दिनभित्र कैफियत प्रतिवेदन प्राप्त भइसकेपछि पेसीको सूचना सूचना महान्यायाधिवक्ताको कार्यालयलाई दिई नियमानुसार गर्न पनि भनेको छ। 

उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले चैत २२ गते लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो। उक्त आदेशविरुद्ध सहकारी ठगी तथा संगठित अपराधका अभियुक्त लामिछानेको तर्फबाट शुक्रबार सर्वोच्चमा निवेदन दर्ता भएको थियो।  

थुनामा रहेका छविले पनि थुनामा राख्ने आदेश बदर माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए। उक्त निवेदनमाथि छ सुनुवाइ गर्दै सर्वोच्चले कैफियत प्रतिवेदन माग गरेको छ।  

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

उसका लागि ओपनर युवराज सम्राले शतकीय पारी खेले । उनले ११७ बलमा ११ चौका र चार छक्कासहित १०५ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा युवराजको यो...
ग्यालेक्सी टिभीमा सहकारीबाट गएका रकमका विषयमा रवि लामिछानेलाई जोड्न उचित छैनः जीबी राई

ग्यालेक्सी टिभीमा सहकारीबाट गएका रकमका विषयमा रवि लामिछानेलाई जोड्न उचित छैनः जीबी राई

जीबी राईले ग्यालेक्सी टिभीमा सहकारीबाट गएको सम्पूर्ण रकमको जिम्मेवारी आफूले लिने बताएका छन्। गोरखा मिडिया नेटवर्कको अध्यक्षको हैसियतले आर्थिक स्रोत व्यवस्थापनको जिम्मेवारी आफ्नो भएको उल्लेख गर्दै उनले यसमा...
सहकारीको रकम फिर्ता गर्न तयार छु, पक्राउ नै समाधान होइन : जीबी राई

सहकारीको रकम फिर्ता गर्न तयार छु, पक्राउ नै समाधान होइन : जीबी राई

गोरखा मिडिया नेटवर्कका अध्यक्ष तथा सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईले बचतकर्ताको रकम फिर्ता गर्न आफू तयार रहेको बताएका छन्।
कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ

कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्।

भर्खरै