नेभिगेशन
समाज

बानेश्वरमा राप्रपाको प्रदर्शन (तस्विरहरु) 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँको बानेश्वर क्षेत्रमा प्रदर्शन गरेको छ । राप्रपाका नेता कार्यकताहरु बिजुलीबजारबाट बानेश्वरतर्फ अघि बढेका छन् । उनीहरुले निषेधित क्षेत्र तोड्ने चेतावनी दिएका छन् । 
माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई कठिन भएको छ । प्रहरीले आवश्यकताअनुसार ‘रुट’ परिवर्तन गरी सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले जानकारी दिए । 
     
कार्यालय समयमा सवारीसाधन लामो समयसम्म जाममा पर्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको थियो । राप्रपाले निषेधित क्षेत्र बिजुलीबजार पुल आसपासमा भेला हुने जनाएपछि माइतीघर, बबरमहल र नयाँबानेश्वर क्षेत्रमा सवारी आवगमनमा रोक लगाइएको छ । उक्त क्षेत्रमा तारबार गरेर अवाञ्छित गतिविधि रोक्ने प्रयत्न भएको छ भने धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ । विगत १९ दिनदेखि देशभरका शिक्षक आन्दोलनमा छन् । उनीहरुको आन्दोलनसँगै आज राप्रपाले पनि विरोध प्रदर्शन गरेपछि सवारी व्यवस्थापन जटिल बनेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसैबीच, गृहमन्त्रालयले राप्रपाका नामबाट निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउदै गृहमन्त्रालयले कानुन उल्लङ्घन गर्न प्रोत्साहन गर्ने, समाजमा अराजकता फैलाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

Marvel

raprapa-pradarsan___SURU4-1745134712.jpg

raprapa-pradarsan___SURU6-1745134712.jpg

raprapa-pradarsan___SURU2-1745134710.jpg

raprapa-pradarsan___SURU3-1745134710.jpg

raprapa-pradarsan___SURU-1745134709.jpg

raprapa-pradarsan___SURU1-1745134709.jpg

raprapa-pradarsan___SURU5-1745134674.jpg

RAPRAPA-ANDOLAN-JARI__6-1745134914.jpg

RAPRAPA-ANDOLAN-JARI__4-1745134912.jpg

RAPRAPA-ANDOLAN-JARI__5-1745134912.jpg

RAPRAPA-ANDOLAN-JARI__2-1745134909.jpg

RAPRAPA-ANDOLAN-JARI__3-1745134910.jpg

RAPRAPA-ANDOLAN-JARI__1-1745134908.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

यहाँका किसानले सामूहिक र व्यक्तिगत गरेर १६ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका छन् । कृषक समूहकी अध्यक्ष जितमाया रानाका अनुसार गत वर्ष ६ रोपनीमा सयपत्री लगाइएको थियो...
बुढीगण्डकी बाढीले उजाडेकाे शान्तिबजार, घरबास बगेपछि पालमुनी गुजारा

बुढीगण्डकी बाढीले उजाडेकाे शान्तिबजार, घरबास बगेपछि पालमुनी गुजारा

शान्तिबजारमा ५८ घरधुरी रहेको स्थानीय राजकुमार खत्रीले बताए । उनका अनुसार बाढीले बस्तीका अधिकांश घरमा बस्नै नसक्ने गरी क्षति पुर्‍याएको छ। घरभित्र रहेका सामानसमेत बगाएको वा पुरेको अवस्थामा...
सर्वसाधारणले कहिलेदेखि प्रयोग गर्न पाउँछन् कुसुन्तीकाे लिफ्टसहितको आकाशे पुल

सर्वसाधारणले कहिलेदेखि प्रयोग गर्न पाउँछन् कुसुन्तीकाे लिफ्टसहितको आकाशे पुल

ललितपुर महानगरपालिका–१३ स्थित चक्रपथ क्षेत्रमा निर्माण भइरहेको यो पुल करिब चार करोड ६८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो। २०८० फागुनमा निर्माण सुरु भएको पुल सम्झौताअनुसार एक वर्षभित्र...
सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी आयोजना हुन लागेको प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाइएको छ। नवौँ राष्ट्रिय खेलकुद...

भर्खरै