नेभिगेशन
समाज

खेलकुद विकास समिति बागलुङको अध्यक्षमा कृष्ण कँडेल मनोनीत

बागलुङ । जिल्ला खेलकुद विकास समिति बागलुङको अध्यक्ष कृष्ण प्रसाद कँडेल मनोनीत भएका छन् । प्रदेश खेलकुद परिषद् गण्डकीले चार वर्षे कार्यकालका लागि कँडेललाई अध्यक्ष नियुक्त गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सितोरियो कतारेका चौथो डान रहेको कँडेलले २ दशक देखि खेलकुदमा क्रियाशील रहेका छन् । पछिल्लो १२ वर्षदेखि बागलुङका ग्रामीण क्षेत्रमा समेत खेलकुद विस्तार र खेलाडी उत्पादनमा सक्रिय रहेका छन् । 

Ncell
Extreme Energy

यस्तै जिल्ला खेलकुद विकास समिति बागलुङको कोषाध्यक्षमा योगेश बहादुर भण्डारी मनोनीत  भएका छन् । उनी भलिबल खेलसँग सम्बन्धित रहेका छन् । 

प्रदेश खेलकुद विकास ऐन २०७७ तथा प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार आगामी चार वर्षका लागि मनोनीत दुबैलाई देश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले पद तथा गोपनीयताको शपथ गराएका छन् । 

गण्डकी प्रदेशका जिल्ला खेलकुद विकास समितिहरू गत फागुन ९ गते रिक्त भएका थिए । 

शपथ ग्रहणपछि अध्यक्ष कँडेलले ग्रामीण क्षेत्रमा खेलकुद विकास लागि गरेको संघर्षस परिषद्ले मूल्याङ्कन गरेकोमा खुसी व्यक्त गर्दै खेलाडी उत्पादन र खेलकुद पूर्वाधार विकासका लागि समर्पित भएर लाग्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।
सिन्धुलीमा सुमो सुनकोशीमा खस्यो, तीन जनाको मृत्यु, तीन बेपत्ता

सिन्धुलीमा सुमो सुनकोशीमा खस्यो, तीन जनाको मृत्यु, तीन बेपत्ता

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको सुमो गाडी सिन्धुलीमा सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।
बाढीपहिरोले तीन स्थानमा सडक अवरुद्ध, बेनी–जोमसोम सडक एकतर्फी सञ्चालन

बाढीपहिरोले तीन स्थानमा सडक अवरुद्ध, बेनी–जोमसोम सडक एकतर्फी सञ्चालन

बाढीपहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका तीन स्थानमा सडक अवरुद्ध भएका छन्।
आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आइतबार हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ ।