नेभिगेशन
समाज

खेलकुद विकास समिति बागलुङको अध्यक्षमा कृष्ण कँडेल मनोनीत

बागलुङ । जिल्ला खेलकुद विकास समिति बागलुङको अध्यक्ष कृष्ण प्रसाद कँडेल मनोनीत भएका छन् । प्रदेश खेलकुद परिषद् गण्डकीले चार वर्षे कार्यकालका लागि कँडेललाई अध्यक्ष नियुक्त गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सितोरियो कतारेका चौथो डान रहेको कँडेलले २ दशक देखि खेलकुदमा क्रियाशील रहेका छन् । पछिल्लो १२ वर्षदेखि बागलुङका ग्रामीण क्षेत्रमा समेत खेलकुद विस्तार र खेलाडी उत्पादनमा सक्रिय रहेका छन् । 

Marvel
Extreme Energy

यस्तै जिल्ला खेलकुद विकास समिति बागलुङको कोषाध्यक्षमा योगेश बहादुर भण्डारी मनोनीत  भएका छन् । उनी भलिबल खेलसँग सम्बन्धित रहेका छन् । 

प्रदेश खेलकुद विकास ऐन २०७७ तथा प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार आगामी चार वर्षका लागि मनोनीत दुबैलाई देश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले पद तथा गोपनीयताको शपथ गराएका छन् । 

गण्डकी प्रदेशका जिल्ला खेलकुद विकास समितिहरू गत फागुन ९ गते रिक्त भएका थिए । 

शपथ ग्रहणपछि अध्यक्ष कँडेलले ग्रामीण क्षेत्रमा खेलकुद विकास लागि गरेको संघर्षस परिषद्ले मूल्याङ्कन गरेकोमा खुसी व्यक्त गर्दै खेलाडी उत्पादन र खेलकुद पूर्वाधार विकासका लागि समर्पित भएर लाग्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका आठ कैदीहरू

यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका आठ कैदीहरू

डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीबन्दीको नाम प्रहरीले सार्वजनिक गरेको छ।
देश ठूलो संकटतर्फ उन्मुख भएको बाबुराम भट्टराईको टिप्पणी

देश ठूलो संकटतर्फ उन्मुख भएको बाबुराम भट्टराईको टिप्पणी

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश ठूलो संकटतर्फ उन्मुख भइरहेको भन्दै सबैलाई आ–आफ्नो क्षेत्रबाट सकारात्मक योगदान गर्न आग्रह गरेका छन्।
नेपालको पर्यटन विश्वमाझ पुर्‍याउन ‘टिकटक’सँग पर्यटन बोर्डले गरेको सहकार्य

नेपालको पर्यटन विश्वमाझ पुर्‍याउन ‘टिकटक’सँग पर्यटन बोर्डले गरेको सहकार्य

नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर) नेपाल आएका छन्।
प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै एमालेद्वारा पत्रकारसँग ऐक्यबद्धता

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै एमालेद्वारा पत्रकारसँग ऐक्यबद्धता

नेकपा एमालेले समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारलाई पक्राउ गरिएको र समाचार स्रोत खुलाउन दबाब दिइएको घटनाप्रति आपत्ति जनाएको छ ।