नेभिगेशन

समाज

प्रधानमन्त्रीले भेटे कर्णालीका मुद्दा सुनाउन हिँड्दै काठमाडौँ आएका नवराज बोहरा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आज प्रधानमन्त्री निवास, बालुवाटारमा भेटेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलागयत मुद्धा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेका बोहरा ३१ औँ दिनमा यही असार ३ गते काठमाडौँ आइपुगेका थिए । सोही दिन प्रधानमन्त्री ओलीलाई भेट्न खोजेका बोहराले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आज भेट पाएका हुन्।

बोहराले प्रधानमन्त्री ओलीलाई आफूले अभियान र यात्राका क्रममा देखेका अनुभव, उपचार नपाएका बालबालिका आदिका समस्या र समस्या समाधानका लागि गरिएका पहलबारे अवगत गराए । प्रधानमन्त्री ओलीले पवित्र भावका साथ अभियान सञ्चालन गर्न सुझाव दिँदै शरीर धेरै दुःख नदिइ आफ्नो स्वास्थ्य र परिवारको पनि ख्याल गरेर अघि बढ्न आग्रह गरे । 

प्रधानमन्त्री ओलीसँग भेटेपछि बोहराले आफ्ना कुराहरु सुनाउन पाएकामा हर्ष व्यक्त गर्दै पहिलो चरणको अभियान पूरा भएकाले अब जुत्ता लगाउने, दाह्री काटेर नयाँ स्वरुपमा अघि बढ्ने बताए । 

कर्णालीको मुद्दा सुनाउन काठमाडौँ आएका नवराज ‘भेडा’लाई सरकारको जुत्ता उपहार !

प्रतिक्रिया दिनुहोस्
थप समाज
समग्र नेपालीलाई लज्जित तुल्याउने एउटा मुद्दा– नक्कली भुटानी शरणार्थी मुद्दा

समग्र नेपालीलाई लज्जित तुल्याउने एउटा मुद्दा– नक्कली भुटानी शरणार्थी मुद्दा

यो मुद्दा सुरु हुन्छ– १० जेठ २०८० देखि । आजभन्दा करिव तीन वर्षअघि, सुरुमा, जिल्ला सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर तथा संगठित अपराधसम्बन्धी...
कक्षा १२ को नतिजा प्रकाशन

कक्षा १२ को नतिजा प्रकाशन

गत वैशाख १४-२७ गतेसम्म परीक्षा सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए । जसमा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार...