नेभिगेशन
नेताका कुरा

मूलधारका मिडियाभन्दा डिजिटल मिडिया प्रभावकारी र शक्तिशाली बने, पत्रिका कुर्नु पर्दैनः प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव, पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पछिल्लो समयमा मूलधारका मिडियासामु न्यू मिडियाले चुनौती खडा गरिरहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँको बनस्थलीमा आज मिडिया ठाँटीको दोस्रो वार्षिकोत्सव समारोहमा उपमहासचिव ज्ञवालीले मूलधारका मिडियाभन्दा सामाजिक सञ्जाल लगायतका डिजिटल मिडियाहरू प्रभावकारी र शक्तिशाली बन्दै आएको बताएका हुन् । उनले भने “पहिले समाचारका लागि पत्रपत्रिका कुर्नुपर्ने अवस्था थियो, तर अहिले समाचारका लागि पत्रिकाहरू कुरिरहनुपर्दैन, केहि समयमै तपाईंको आफ्नै हातहातमा समाचारहरू प्राप्त गर्न सकिन्छ ।”
उनले कुनै बेला सङ्गठित मिडिया प्रभावकारी रहेको र पत्रिकाहरूको सर्कुलेसन चार, पाँच लाख रहेको सन्दर्भ जोड्दै अहिले अन्य मिडियाहरू प्रभावकारी रहेको बताएका हुन्  । उनले अब मिडियाहरू विश्वासनीय बनाउन जरुरी रहेको पनि बताए। छिटो गर्ने दौडमा दुर्घटना भइरहेको बताउँदै उनले भने, “छिटो गर्ने दौडमा सत्य ओझेलमा परिरहेको छ । प्रस्तुति फ्याक्ट भयो भने मात्रै विश्वसनीय बन्छ, हतारोले धेरै दुर्घटना भएको छ ।”
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा

रास्वपाका सहमहामन्त्री असिम शाहले आज विज्ञप्ति जारी गरेर भुइँमान्छेका आवाजलाई सिधै राज्यको नीतिनिर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्न यो कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिएका हुन्...
सानेपाबाट गगनको जवाफ– कसैले तर्साएर म तर्सिन्नँ

सानेपाबाट गगनको जवाफ– कसैले तर्साएर म तर्सिन्नँ

बैठकलाई सम्बोधन गर्दै उनले भने– ‘एउटा कुरा ख्याल गरिदिन आग्रह गर्छु, तर्साएर चाहिँ म तर्सिन्नँ। दबाएर म दबिन्नँ। फकाएर फकिन्नँ। विधानको सीमा थाहा छ। विधानको सीमाभित्र बस्छु। सबैलाई...
सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक (तस्बिरहरु)

सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक (तस्बिरहरु)

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो।
ओली–पौडेल सुलह, एक्लिएका हुन् शंकर पोखरेल?

ओली–पौडेल सुलह, एक्लिएका हुन् शंकर पोखरेल?

नेकपा एमालेभित्रको शक्ति संघर्षले फेरि नयाँ आकार लिन थालेको नेताहरूले बताएका छन् ।