नेभिगेशन
नेताका कुरा

मूलधारका मिडियाभन्दा डिजिटल मिडिया प्रभावकारी र शक्तिशाली बने, पत्रिका कुर्नु पर्दैनः प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव, पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पछिल्लो समयमा मूलधारका मिडियासामु न्यू मिडियाले चुनौती खडा गरिरहेको बताएका छन् । 

काठमाडौँको बनस्थलीमा आज मिडिया ठाँटीको दोस्रो वार्षिकोत्सव समारोहमा उपमहासचिव ज्ञवालीले मूलधारका मिडियाभन्दा सामाजिक सञ्जाल लगायतका डिजिटल मिडियाहरू प्रभावकारी र शक्तिशाली बन्दै आएको बताएका हुन् । उनले भने “पहिले समाचारका लागि पत्रपत्रिका कुर्नुपर्ने अवस्था थियो, तर अहिले समाचारका लागि पत्रिकाहरू कुरिरहनुपर्दैन, केहि समयमै तपाईंको आफ्नै हातहातमा समाचारहरू प्राप्त गर्न सकिन्छ ।”
उनले कुनै बेला सङ्गठित मिडिया प्रभावकारी रहेको र पत्रिकाहरूको सर्कुलेसन चार, पाँच लाख रहेको सन्दर्भ जोड्दै अहिले अन्य मिडियाहरू प्रभावकारी रहेको बताएका हुन्  । उनले अब मिडियाहरू विश्वासनीय बनाउन जरुरी रहेको पनि बताए। छिटो गर्ने दौडमा दुर्घटना भइरहेको बताउँदै उनले भने, “छिटो गर्ने दौडमा सत्य ओझेलमा परिरहेको छ । प्रस्तुति फ्याक्ट भयो भने मात्रै विश्वसनीय बन्छ, हतारोले धेरै दुर्घटना भएको छ ।”
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।
कोषलाई राजनीतिक भर्ती केन्द्र नबनाउन प्रधानमन्त्री कार्कीको आग्रह

कोषलाई राजनीतिक भर्ती केन्द्र नबनाउन प्रधानमन्त्री कार्कीको आग्रह

कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् रहने कानुनी व्यवस्था छ । प्रधानमन्त्री कार्कीले...
एमालेमै फर्किए रामकुमारी झाँक्री र किसान श्रेष्ठ

एमालेमै फर्किए रामकुमारी झाँक्री र किसान श्रेष्ठ

उनीहरु सबैलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले झण्डा ओढाएर पार्टीमा स्वागत गरेका हुन् । त्यस्तै उनीहरुले एमाले अध्यक्ष ओलीलाई कलम दिएका छन् । कलम एकिकृत समाजवादीको चुनाब चिन्ह...