नेभिगेशन

सिधाकुरा विशेष

अन्तर्वार्ता

गगनको किल्लामा रास्वपाका नयाँ नेता!

प्रध्युुम्न पौड्याल नेपाली सेनाका अवकासप्राप्त प्रमुख सेनानी लेफ्टिनेन्ट कर्नेल हुन् । काठमाडौँ बुढानीलकण्ठ नगरपालिका कपनका स्थानीय पौड्याल केही समय अघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरे । सैनिक जीवनबाट अवकाश पाएको ६ महिनामै पौड्याल रास्वपा राजनीतिमा होमिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली सेनामा रहँदा जनसम्पर्क निर्देशनालयमा सैनिक सञ्चारमा लामो समय बिताएका पौड्यालले विभिन्न महत्वपूर्ण अन्तराष्ट्रिय मिसनको पनि अनुभव लिएका छन् । उनले सङ्कटमा सञ्चार विषयमा चीनबाट विद्यावारिधि उपाधि हासिल गरेका छन् ।

नेपाली सेनामा सञ्चार अधिकृतको रुपमा भर्ना भएर दुई दशक सेवा गरेपछि उनी सेवा निवृत्त भएका थिए । वर्तमान राजनीतिक अवस्थाबाट देशले समृद्धि हँसिलो गर्न नसक्ने विचार व्यक्त गर्ने पौड्याल अब पनि सजक नागरिक राजनीतिको फोहोर सफा गर्न नउभिने हो भने अर्को पुस्ताका लागि गम्भिर अन्याय हुने धारणा राख्छन् ।

‘देश अथाह स्रोत र सम्भावनाले भरिएको छ तर गलत राजनीतिक प्रवृत्तिका कारण बन्धक भएको छ । जनता निरास भएर देश छाड्दैछन्,’ पौड्याल भन्छन् । वर्तमानको सङ्कट व्यवस्थापनका लागि रास्वपा नै उत्तम विकल्प भएको उनी बताउँछन् । 

रास्वपाको साढे दुई वर्षको संसदीय राजनीतिले कयौँ कुराहरूमा जनताको आँखा खुलेको भन्दै उनले २०८४ मा रास्वपाले स्पष्ट बहुमत ल्याएर शासन सत्ता चलाउने बताउँछन् ।

वषौैँ देखि जनताका नाममा परम्परागत पार्टी गरिरहेको फोहोरी राजनीति रास्वपामार्फत सफा गर्न सकिने उनको मत छ। रास्वपा सभापति रवि लामिछाने विरुद्धको कारबाहीलाई उनले स्पष्ट रुपमा राजनीतिक प्रतिशोधको संज्ञा दिए । समान घटनामा राज्य र न्यायलयबाट असमान व्यवहार भएको पौड्याल बताउँछन् । 

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको निर्वाचन क्षेत्र काठमाडौँ ४ मा राम्रो पकड राख्ने उनी गगन थापाबाट परिवर्तन सम्भव नभएपछि नयाँ विकल्प रोजेको बताउँछन् । उनै पौड्यालसँग रास्वपा प्रवेश, सैन्य जीवन, शैक्षिक उपलब्धि देखि समसामयिक राजनीतिक परिस्थितिकाबारेमा सिधाकुराका लागि नवीन ढुंगानाले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्
थप सिधाकुरा विशेष
समग्र नेपालीलाई लज्जित तुल्याउने एउटा मुद्दा– नक्कली भुटानी शरणार्थी मुद्दा

समग्र नेपालीलाई लज्जित तुल्याउने एउटा मुद्दा– नक्कली भुटानी शरणार्थी मुद्दा

यो मुद्दा सुरु हुन्छ– १० जेठ २०८० देखि । आजभन्दा करिव तीन वर्षअघि, सुरुमा, जिल्ला सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर तथा संगठित अपराधसम्बन्धी...
कक्षा १२ को नतिजा प्रकाशन

कक्षा १२ को नतिजा प्रकाशन

गत वैशाख १४-२७ गतेसम्म परीक्षा सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए । जसमा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार...