नेभिगेशन
समाज

निम्सदाईकाे परिकल्पना र नेतृत्वमा सगरमाथा क्षेत्रमा निर्माण गरिएको लोबुचे पोर्टर हाउसलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडाैँ । विश्वप्रसिद्ध स्व. पर्वतारोही निर्मल पुर्जा (निम्सदाई) को परिकल्पना र नेतृत्वमा निर्माण गरिएको ‘PROJECT HORIZON – A NEW PORTER HOUSE FOR LOBUCHE ले बेलायतमा आयोजित प्रतिष्ठित ‘नेसनल च्यारिटी टुडे अवार्ड्समा ‘कम्युनिटी इम्प्याक्ट विधा अन्तर्गत ‘हाइली कमेन्डेड अवार्ड प्राप्त गरेको छ। परियोजना यसअघि उक्त विधाको फाइनलिस्टका रूपमा छनोट भएको थियो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सगरमाथा क्षेत्रको पाँच हजार मिटरभन्दा बढी उचाइमा निर्माण गरिएको पोर्टर हाउसले हिमाली क्षेत्रमा काम गर्ने भरियाहरूलाई सुरक्षित आश्रय र विश्रामको सुविधा प्रदान गर्दै आएको छ । हिमाली पर्यटनलाई सफल बनाउन कठिन परिस्थितिमा योगदान दिने श्रमिकहरूको सुरक्षा, सम्मान र कल्याणलाई प्राथमिकता दिनु यस परियोजनाको मुख्य उद्देश्य हो।

Ncell
Extreme Energy

निम्सदाईको हिमाल प्रतिको प्रेम र हिमाली समुदाय प्रतिको प्रतिबद्धताबाट प्रेरित यस परियोजनालाई साकार बनाउन इन्जिनियर, स्थानीय कामदार, भरिया, समुदाय, दाता तथा साझेदार संस्थाहरूले महत्त्वपूर्ण योगदान दिएका छन्। दुर्गम भूगोलमा निर्माण सामग्री पुर्‍याउने देखि निर्माण कार्य सम्पन्न गर्नेसम्म सबैको सामूहिक मेहनतले यो सपना वास्तविकतामा परिणत भएको हो।

यो सम्मान निम्सदाईको परिकल्पनाको मात्र नभई हिमाली श्रमिकहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन हातेमालो गर्ने सम्पूर्ण टोलीको साझा उपलब्धि हो। पुरस्कारले नेपालको हिमाली समुदाय प्रति केन्द्रित मानवीय पहललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप मद्दत गरेको छ।

निम्सदाई फाउन्डेसनले यस उपलब्धिलाई आफ्नो सामाजिक प्रतिबद्धताको पहिचानका रूपमा लिँदै निम्सदाईको सोच र विरासतलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। किनकि वास्तविक सफलता हिमालको शिखरमा पुग्नुमा मात्र नभई , त्यहाँ पुग्न सहयोग गर्ने हातहरूको जीवनमा सम्मान र सुरक्षा सुनिश्चित गर्नुमा पनि छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारत यसरी बन्दैछ चौथो ठूलो अर्थतन्त्र

भारत यसरी बन्दैछ चौथो ठूलो अर्थतन्त्र

सन् २०२७ मा भारत र बेलायतले जापानलाई पछाडि पार्ने आइएमएफको प्रक्षेपण छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका हो भने चीन दोस्रो र जर्मनी तेस्रो स्थानमा छन् ।
प्रधानमन्त्रीपत्नी सविनाको एपेन्डिसाइटिस शल्यक्रिया,  स्वास्थ्यावस्था सामान्य

प्रधानमन्त्रीपत्नी सविनाको एपेन्डिसाइटिस शल्यक्रिया, स्वास्थ्यावस्था सामान्य

प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेको त्रिवि शिक्षण अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ ।
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २३३ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्। नापी कार्यालय धनौजीलो आवश्यक कानुनी प्रक्रिया पूरा गरी...
पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

थाइल्याण्डको राजधानी बैंकमा जारी विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहनुभएका अर्थमन्त्री डा वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीचको...

भर्खरै