नेभिगेशन
समाज

गायक तथा कलाकार प्रशान्त तामाङको निधन

काठमाडौँ । नेपालीभाषी भारतीय गायक तथा कलाकार प्रशान्त तामाङको निधन भएको छ । हृदयघातबाट उनको निधन भएको हो। दिल्लीस्थित आफ्नै निवासमा उनको निधन भएको कलाकारहरूले बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गायक प्रमोद खरेलले प्रशान्तको निधनको खबर सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । भारतको दार्जिलिङमा जन्मिएका तामाङले सन् २००७ मा भारतीय चर्चित गायन रियालिटी शो इन्डियन आइडल सिजन ३ जितेका थिए । 

Ncell
Extreme Energy

इन्डियन आइडल प्रतिस्पर्धामा उनलाई जिताउन नेपालबाट ठूलै अभियान चलेको थियो । भारतको पश्चिम बङ्गाल प्रहरीमा कार्यरत बुबाको निधन पछि प्रशान्तलाई प्रहरी बुबाको ठाउँमा जागिर दिएको थियो । 

प्रहरी हवल्दारको रुपमा बङ्गाल प्रहरीको अर्केष्ट्रा कार्यरत तामाङ इन्डियन आइडलमा सहभागी भएर उपाधि जितेका थिए । उनले त्यसपछि थुप्रै नेपाली गीत तथा चलचित्रमा पनि काम गरिसकेका छन् । 

सन् १९८३ मा जन्मिएका तामाङ ४३ वर्षका मात्रै थिए । उनी नयाँ दिल्लीमा छाेरी र श्रीमतिसँग बस्दै आएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

विद्युतीय गाडी, मोबाइल फोन, ल्यापटपदेखि ठूला ऊर्जा भण्डारण प्रणालीसम्म ब्याट्रीको माग बढ्दै जाँदा त्यसलाई अझ छिटो, कम खर्चमा र प्रभावकारी रूपमा उत्पादन बढाउन लिथियम–आयन ब्याट्रीले सहयोग पुग्ने बताइएको...
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने ट्रम्पको निर्णय, किमसँग सम्पर्कमा

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने ट्रम्पको निर्णय, किमसँग सम्पर्कमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने निर्णय सार्वजनिक गरेको भोलिपल्ट उत्तर कोरियाली नेता किम जोङ–उनसँग आफ्नो सम्पर्क पुनः स्थापित भएको सङ्केत गरेका छन्...
इरानको धम्कीपछि आत्तिए ट्रम्प, टर्कीबाट मुश्किलले निस्किए

इरानको धम्कीपछि आत्तिए ट्रम्प, टर्कीबाट मुश्किलले निस्किए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना इरानबाट हत्याको धम्की आएपछि टर्कीबाट गोप्य रूपमा सानो विमानमा बेलायततर्फ प्रस्थान गरेको खुलासा भएको छ ।
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।