नेभिगेशन
समाज

गायक तथा कलाकार प्रशान्त तामाङको निधन

काठमाडौँ । नेपालीभाषी भारतीय गायक तथा कलाकार प्रशान्त तामाङको निधन भएको छ । हृदयघातबाट उनको निधन भएको हो। दिल्लीस्थित आफ्नै निवासमा उनको निधन भएको कलाकारहरूले बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गायक प्रमोद खरेलले प्रशान्तको निधनको खबर सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । भारतको दार्जिलिङमा जन्मिएका तामाङले सन् २००७ मा भारतीय चर्चित गायन रियालिटी शो इन्डियन आइडल सिजन ३ जितेका थिए । 

Ncell
Extreme Energy

इन्डियन आइडल प्रतिस्पर्धामा उनलाई जिताउन नेपालबाट ठूलै अभियान चलेको थियो । भारतको पश्चिम बङ्गाल प्रहरीमा कार्यरत बुबाको निधन पछि प्रशान्तलाई प्रहरी बुबाको ठाउँमा जागिर दिएको थियो । 

प्रहरी हवल्दारको रुपमा बङ्गाल प्रहरीको अर्केष्ट्रा कार्यरत तामाङ इन्डियन आइडलमा सहभागी भएर उपाधि जितेका थिए । उनले त्यसपछि थुप्रै नेपाली गीत तथा चलचित्रमा पनि काम गरिसकेका छन् । 

सन् १९८३ मा जन्मिएका तामाङ ४३ वर्षका मात्रै थिए । उनी नयाँ दिल्लीमा छाेरी र श्रीमतिसँग बस्दै आएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चीनलाई काउन्टर दिन भारतले अघि सारेको परियोजनाविरुद्ध ठूलो प्रदर्शन, ४० प्रहरी घाइते

चीनलाई काउन्टर दिन भारतले अघि सारेको परियोजनाविरुद्ध ठूलो प्रदर्शन, ४० प्रहरी घाइते

चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच भारतको अरुणाचल प्रदेशमा झडप भएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई जेल हालेको नाटक गरेर तेहरानमा प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई जेल हालेको नाटक गरेर तेहरानमा प्रदर्शन

तेहरानकाे व्यस्त तजरिश स्क्वायरमा एक कलाकारले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई एउटा नक्कली जेलमा राखेको दृश्यमा अभिनय गरेर प्रदर्शनमा राखेका छन् । याे भिडिओ सरकारले नै बनाएर प्रदर्शनमा राखेकाे...
उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए ।
कोलकाताको दुर्गा पूजामा भागदौड: १९ जनाको मृत्यु, २४ घाइते

कोलकाताको दुर्गा पूजामा भागदौड: १९ जनाको मृत्यु, २४ घाइते

भारतको कोलकातास्थित प्रसिद्ध चोरबागान दुर्गा पूजा पण्डालमा शनिबार साँझ भीषण भागदौड मच्चिँदा १९ जनाको ज्यान गएको छ। यो दुर्घटनामा २४ जना घाइते भएका छन्, जसमा एक जनाको अवस्था...