नेभिगेशन
समाज

शेखर गोल्छालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले धितोपत्र सम्बन्धी कसुरमा ३ दिन म्याद थप गरेको हो । 

यसअघि गोल्छाविरुद्ध ४ दिन म्याद थप भएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

म्याद थप सम्बन्धी आदेशमा भनिएको छ, ‘यसमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०४ को प्रावधान आकर्षीत गर्न मिल्ने नमिल्ने सम्बन्धमा अनुसन्धान अधिकारीको प्रतिवेदन पेश गर्ने आदेश सहित मिति २०८३/१/११ गते म्याद थप अनुमती प्रदान भएकोमा अनुसन्धान अधिकारीको प्रतिवेदन समेत साथै राखी थप अनुसन्धानका लागि पुनः म्याद थप गरी पाउन मिसिल साथै प्रतिवादीलाई यस अदालतमा उपस्थित गराईएकोमा उक्त प्रतिवेदनमा उल्लेखित अन्य आधार कारणका अलावा प्रतिवादी शेखर गोल्छाको बयान कार्य पुर्ण रपमा सम्पन्न नभई आंशिक रुपमा मात्र सम्पन्न भएको भन्ने उल्लेख भई मिसिल संलग्न यी प्रतिवादीको बयान कागज हेर्दा बयान कार्य निरन्तर चलिरहेको र सम्पन्न हुन बाँकी नै रहेको देखिएकोले सम्वन्धित कानूनी व्यवस्था र प्रतिवादीको समुचित स्वास्थ्योपचार समेत प्रति अनुसन्धान अधिकारीको ध्यानाकर्षण गराउँदै सो बयान कार्य सम्पन्न गर्ने समेतका कार्यका लागि आजैका मिति २०८३/१/१४ देखि लागु हुने गरी ३ (तिन) दिन न्यायिक हिरासतमा राख्ने अनुमति मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफ़ा १४(६) बमोजिम प्रदान गरिदिएको छ।'

Ncell
Extreme Energy

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले बैशाख १० गते बिहीबार काठमाडौँको नागार्जुन नगरपालिका–८ बस्ने गोल्छालाई नक्सालबाट पक्राउ गरेको थियो । 

धितोपत्र बोर्डले गठन गरेको जाँचबुझ समितिका २ वटा प्रतिवेदनका आधारमा उद्योगी शेखर गोल्छासहितका ११ व्यवसायी र उद्योग सञ्चालक अनुसन्धानको राडारमा तानिएका थिए । 

शेखर गोल्छा सहितका केही उद्योगीले त हिमालयन रि–इन्स्योरेन्स कम्पनीमा भएको आर्थिक अनियमितताबाट जोगिन सञ्चालक समितिबाट राजीनामा नै दिएका थिए ।  

हिमालयन रि त्यही कम्पनी हो, जसमा सबैभन्दा बढी सेयर लगानी विवादास्पद व्यवसायी दीपक भट्ट र अर्का व्यवसायी सुलभ अग्रवालको छ । हिमालयन रि को अध्यक्षबाट गोल्छाले राजीनामा दिएपछि अहिले अर्का लगानीकर्ता उदयकुमार निरौलालाई अध्यक्ष बनाइएको छ । 

हिमालयन रि मा भएको अनियमितताको छानबिन गर्न धितोपत्र बोर्डले गठन गरेको जाँचबुझ समितिले झन्डै पौने ३ अर्ब रकम हिनामिना भएको रिपोर्ट बुझाएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सोम शर्मा रास्वपाको केन्द्रीय समिति सदस्य निर्वाचित

सोम शर्मा रास्वपाको केन्द्रीय समिति सदस्य निर्वाचित

उनीहरुलाई निर्वाचित घोषणा गर्दा पार्टीको केन्द्रीय निर्वाचन आयोगले पार्टीको विधान अनुसार २ ओटा निर्णय गरेको छ । जसमा केन्द्रीय सदस्य चयन गर्दा सर्वाधिक मत प्राप्त गर्ने क्रमअनुसार शीर्ष...
बझाङ जीप दुर्घटनामा ३ जनाको मृत्यु, ७ जना गम्भीर घाइते, उद्धारका लागि गएको हेलिकप्टर ल्याण्ड हुन सकेन

बझाङ जीप दुर्घटनामा ३ जनाको मृत्यु, ७ जना गम्भीर घाइते, उद्धारका लागि गएको हेलिकप्टर ल्याण्ड हुन सकेन

जिल्ला प्रशासन कार्यालय बझाङकी सूचना अधिकारी सत्याकुमारी जोशीले घाइतेहरूको उद्धारका लागि सुर्खेतबाट गएको नेपाली सेनाको हेलिकप्टर खराब मौसमका कारण अवतरण हुन नसकेको  बताइन् । स्थानीय र सुरक्षाकर्मी उद्धारमा...
गणेश नेपाली घटनापछि सडकबाट हराए नगर प्रहरी,  फेरि बढ्यो अव्यवस्थित पार्किङ  (तस्बिरहरू)

गणेश नेपाली घटनापछि सडकबाट हराए नगर प्रहरी, फेरि बढ्यो अव्यवस्थित पार्किङ (तस्बिरहरू)

गणेश नेपालीको निधनपछि गृह मन्त्रालयले घटनाबारे छानबिन समिति गठन गरी महानगर प्रहरीसँग समेत सोधपुछ गरिरहेको छ । उक्त घटनापछि नगर प्रहरीमाथि आक्रमण वा सुरक्षा जोखिम बढ्न सक्ने चिन्ताका...
कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी पसेपछि विस्थापितलाई स्मृति भवनमा सारियो

कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी पसेपछि विस्थापितलाई स्मृति भवनमा सारियो

बाढीका कारण गएराति करिब १ बजेदेखि होल्डिङ सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारहरूले आफ्ना सामान बाहिर निकालेर सुरक्षित स्थानमा गरिरहेका छन् ।

भर्खरै