नेभिगेशन
समाज

शेखर गोल्छालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले धितोपत्र सम्बन्धी कसुरमा ३ दिन म्याद थप गरेको हो । 

यसअघि गोल्छाविरुद्ध ४ दिन म्याद थप भएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

म्याद थप सम्बन्धी आदेशमा भनिएको छ, ‘यसमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०४ को प्रावधान आकर्षीत गर्न मिल्ने नमिल्ने सम्बन्धमा अनुसन्धान अधिकारीको प्रतिवेदन पेश गर्ने आदेश सहित मिति २०८३/१/११ गते म्याद थप अनुमती प्रदान भएकोमा अनुसन्धान अधिकारीको प्रतिवेदन समेत साथै राखी थप अनुसन्धानका लागि पुनः म्याद थप गरी पाउन मिसिल साथै प्रतिवादीलाई यस अदालतमा उपस्थित गराईएकोमा उक्त प्रतिवेदनमा उल्लेखित अन्य आधार कारणका अलावा प्रतिवादी शेखर गोल्छाको बयान कार्य पुर्ण रपमा सम्पन्न नभई आंशिक रुपमा मात्र सम्पन्न भएको भन्ने उल्लेख भई मिसिल संलग्न यी प्रतिवादीको बयान कागज हेर्दा बयान कार्य निरन्तर चलिरहेको र सम्पन्न हुन बाँकी नै रहेको देखिएकोले सम्वन्धित कानूनी व्यवस्था र प्रतिवादीको समुचित स्वास्थ्योपचार समेत प्रति अनुसन्धान अधिकारीको ध्यानाकर्षण गराउँदै सो बयान कार्य सम्पन्न गर्ने समेतका कार्यका लागि आजैका मिति २०८३/१/१४ देखि लागु हुने गरी ३ (तिन) दिन न्यायिक हिरासतमा राख्ने अनुमति मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफ़ा १४(६) बमोजिम प्रदान गरिदिएको छ।'

Ncell
Extreme Energy

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले बैशाख १० गते बिहीबार काठमाडौँको नागार्जुन नगरपालिका–८ बस्ने गोल्छालाई नक्सालबाट पक्राउ गरेको थियो । 

धितोपत्र बोर्डले गठन गरेको जाँचबुझ समितिका २ वटा प्रतिवेदनका आधारमा उद्योगी शेखर गोल्छासहितका ११ व्यवसायी र उद्योग सञ्चालक अनुसन्धानको राडारमा तानिएका थिए । 

शेखर गोल्छा सहितका केही उद्योगीले त हिमालयन रि–इन्स्योरेन्स कम्पनीमा भएको आर्थिक अनियमितताबाट जोगिन सञ्चालक समितिबाट राजीनामा नै दिएका थिए ।  

हिमालयन रि त्यही कम्पनी हो, जसमा सबैभन्दा बढी सेयर लगानी विवादास्पद व्यवसायी दीपक भट्ट र अर्का व्यवसायी सुलभ अग्रवालको छ । हिमालयन रि को अध्यक्षबाट गोल्छाले राजीनामा दिएपछि अहिले अर्का लगानीकर्ता उदयकुमार निरौलालाई अध्यक्ष बनाइएको छ । 

हिमालयन रि मा भएको अनियमितताको छानबिन गर्न धितोपत्र बोर्डले गठन गरेको जाँचबुझ समितिले झन्डै पौने ३ अर्ब रकम हिनामिना भएको रिपोर्ट बुझाएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...
यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ...
हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो । पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेले दसैँ पर्वलाई दृष्टिगत गरी...
स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

आज दिउँसो २ः३० बजेको समयमा राङखोला–बिरुवा सडक खण्डको बिरुवा–३ ठाँटीमा स्कुटर अनियन्त्रित भई सोही गाउँपालिकाकी ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी...