नेभिगेशन
समाज
प्रधानन्यायाधीश

आज संवैधानिक परिषदको बैठक बस्दै, को बन्ला प्रधानन्यायाधीश ?

काठमाडौँ । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि आज साँझ ५ बजे संवैधानिक परिषदको बैठक बस्दै छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै रिक्त संवैधानिक पदहरुमा नियुक्तिको बाटो खुलेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्रोतका अनुसार  परिषदको आजको बैठकको मुख्य कार्यसूच ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ सम्बन्धी रहेको छ । 

Ncell
Extreme Energy

बैठकमा  सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारी सहभागी हुने तय भएको छ । 

परिषद्को बैठकमा प्रधानन्यायाधीश पनि हुने भएपनि अहिले कामु प्रधानन्यायाधीश मात्रै भएकाले परिषद सदस्यकारुपमा कामु प्रधानन्यायाधीश बैठकमा उपस्थित हुन पाउने छैनन् । 

सर्वोच्चबाट प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले गत चैत १८ गते प्रधानन्यायाधीश पदबाट अवकाश भएपछि बरिष्ठतम न्यायाधीशको रुपमा सपना प्रधान मल्ल कायम मुकायम  प्रधानन्यायाधीश छिन् ।

 संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै रिक्त प्रधानन्यायाधीश लगायत संवैधानिक पदहरुमा नियुक्तिको बाटो खुलेको छ ।

संवैधानिक पदहरुमा नियुक्तिका लागि परिषदले सिफारिस गर्ने र संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने कानुनी व्यवस्था छ । अध्यादेशमा बैठकमा उपस्थित सदस्यहरूको ५० प्रतिशत अर्थात् ३ जनाको पक्षमा प्रधानमन्त्री उभिएको प्रस्ताव निर्णय हुने व्यवस्था छ ।

नेपालको संविधानको धारा १२९(३)मा ‘सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधान न्यायाधीशको पदमा नियुक्ति हुन योग्य हुनेछ’ भन्ने संवैधानिक व्यवस्था छ । 

सर्वोच्चमा गत चैतमा पद रिक्त हुनुअघि नै न्यायपरिषद्ले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका न्यायाधीशहरू भन्दै छ जनाको नाम संवैधानिक परिषद्को सचिवालयमा पठाएको थियो ।

न्यायपरिषद्ले सर्वोच्च अदालतमा त्यतिबेला वरिष्ठतम न्यायाधीश रहेकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल सहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेकपा बहुमतले सुरु गर्‍यो व्यवसायी धम्क्याउँदै चन्दा असुली

नेकपा बहुमतले सुरु गर्‍यो व्यवसायी धम्क्याउँदै चन्दा असुली

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पाँचौँ अधिवेशनका नाममा व्यापारीहरूसँग चन्दा असुल्न थालेको छ ।
रोल्पा पहिरोमा ७ जनाको मृत्यु भएपछि रास्वपाले सरकारको ध्यानाकर्षण गरायो

रोल्पा पहिरोमा ७ जनाको मृत्यु भएपछि रास्वपाले सरकारको ध्यानाकर्षण गरायो

ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पाको थवाङ गाउँपालिका–५, कोतलाबाङमा गएको भीषण पहिरोमा परी ७ जनाको मृत्यु र ५ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावकारी उद्धार र खोजी...
रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुग्यो, ८  जना अझै बेपत्ता

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुग्यो, ८ जना अझै बेपत्ता

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ। पहिरोमा परी ८ जना बेपत्ता भएका छन् भने दुई जना...
राजा ज्ञानेन्द्रले सकेनन्, अरूले सक्छ यहाँ? : देउवा

राजा ज्ञानेन्द्रले सकेनन्, अरूले सक्छ यहाँ? : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध भइरहेका कानुनी कारबाही र पक्राउको प्रयासप्रति प्रश्न उठाउँदै पूर्वराजा ज्ञानेन्द्रले समेत आफूलाई जेलमा राख्न नसकेको भन्दै ‘राजा ज्ञानेन्द्रले सकेन, अरूले सक्छ यहाँ?’...