नेभिगेशन
समाज

नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झा ठगी कसुरमा दोषी ठहर, अन्यमा दावी पुगेन

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरर्णर्थी प्रकरणमा फैसला गरेको छ । न्यायाधीश तेजबहादुर खड्का इजलासले कसुर ठहर आदेश गरेको हो । 

उक्त फैसलामा यो प्रकरणका मुख्य प्रतिवादी भनिएका बेचन झा ठगी कसुरमा दोषी ठहर भएका छन् । अन्य अभियोगमा भने झाले सफाई पाएका छन् । प्रतिवादी रामशरण के.सी.बाट २ करोडको चेक बुझि लिएको भन्ने देखिएको र उक्त चेकको रकम भुक्तानीको लागि बैंकमा पेश हुँदा खातामा पर्याप्त मौज्दात नरहेको कारण चेक सटही हुन नसकेको भन्ने कुरा बैंकको पत्रबाट समेत देखिंदा झाले ठगी सम्बन्धी कसूरको उद्योगको कसूर गरेको अदालतले ठहर गरेको छ । सो बाहेक झाले सरकारी लिखत किर्ते, संगठित अपराध, राज्य विरुद्धको कसूर तथा एकिकृत कसूर गरेको भन्ने तर्फको दावी पुग्न नसक्ने अदालतले ठहर गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

झालाई हुने सजाय निर्धारणका लागि मिति २०८३।३।२९ गतेको पेशी तोकिएको छ ।  पेशी मिति अगावै सजाय पुर्वको प्रतिवेदन पेश गर्न भनिएको छ । 

Ncell
Extreme Energy

फैसलामा तत्कालिन गृहमन्त्री बालकृष्ण खाँड ठगी तथा संगठित अपराधको कसूरमा मतियार रहेको ठहर गरेको छ । त्यस्तै खाँडलाई राज्यविरुद्धको कसुर र एकिकृत कसुरमा पनि मतियार रहेको ठहर गरेको छ । 

त्यस्तै पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई राज्यविरुद्धको कसुर, एकिकृत कसुर, ठगी तथा संगठित अपराधमा दोषी ठहर गरेको छ । 

पूर्व गृहसचिव टेक नारायण पाण्डे, कांग्रेस नेतृ सुजाता कोइरालाका तत्कालीन स्वकीय केशव प्रसाद दुलाल पनि राज्य विरुद्धको कसुरमा दोषी ठहर भएका छन्। शरणार्थी नेता टेकनाथ रिजालसहित तीन जना लिखित कीर्तेमा दोषी ठहर भएका छन्।

प्रतिवादीहरु मध्ये केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजीत राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी, आडटावा शेर्पा, टेक नारायण पाण्डे र टोप बहादुर रायमाझीले वादी नेपाल सरकारको अभियोग मागदावी बमोजिम आरोपित ठगी तथा संगठित अपराधको कसूर गरेको ठहर गरेको छ । 

उक्त मुद्दामा ७ जनाले सफाई पाएका छन् । सफाई पाउनेमा रामशरण के.सी., टंक कुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन् । 

सजाय भने तोकिएको छैन । सजाय निर्धारणको लागि अर्को पेसी तोकिने बताइएको छ । 

यस्तो छ कसुर ठहर आदेशको पूर्णपाठ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता प्राप्त...
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

“रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ । उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा...
उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए ।
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी  र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको...