नेभिगेशन
बजार

क्रस खुकुरीको विशेष चिन्ह राखिएको रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक, गोरखा इतिहास र पहिचानलाई सम्मान

काठमाडौँ । रोयल इन्फिल्डले नेपालको गोरखा परम्परा र वीरताको सम्मान गर्दै क्लासिक ३५० गोरखा एडिसन नेपाली बजारमा ल्याएको छ । गोरखा समुदायको साहस, दृढता र अदम्य भावनाबाट प्रेरित यो मोटरसाइकललाई नेपालको गौरवपूर्ण इतिहास र पहिचानसँग जोडेर तयार गरिएको कम्पनीले जनाएको छ ।

विशेष गोरखा ग्रीन रङमा आएको मोटरसाइकलमा गोरखा पहिचानसँग जोडिएको क्रस खुकुरीको विशेष चिन्ह राखिएको छ। क्लासिक ३५० को पुरानो र परिचित डिजाइनलाई कायम राख्दै यस संस्करणमा गोरखा विरासत झल्किने केही विशेष डिजाइन र फिचर थपिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रोयल इन्फिल्डका चिफ कमर्सियल अफिसर यादविन्दर सिंह गुलेरियाले क्लासिक ३५० नेपालका राइडरहरूमाझ लामो समयदेखि लोकप्रिय रहेको बताए । गोरखा एडिसनमार्फत नेपालको पहिचानसँग गहिरो रूपमा जोडिएको गोरखा विरासतलाई सम्मान गर्न पाएको उनले बताए ।

Ncell
Extreme Energy

गोरखा समुदाय विश्वभर साहस, वफादारी र सम्मानका लागि परिचित छ, उनले भने, “यो संस्करणमार्फत त्यही विरासतलाई क्लासिकको मौलिक पहिचानसँग जोड्ने प्रयास गरेका छौँ।“ नेपालका लागि रोयल इन्फिल्डका आधिकारिक वितरक अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्षवर्धन संघाईले क्लासिक ३५० ले नेपाली मोटरसाइकल पारखीमाझ विशेष स्थान बनाइसकेको बताए । गोरखा एडिसन नेपालको पहिचानसँग जोडिएको इतिहास र मूल्यलाई नयाँ ढंगले प्रस्तुत गर्ने प्रयास भएको उनको भनाइ छ।

WhatsApp-Image-2026-08-21-at-10.38.52-AM-(1)-1787294311.jpeg
गोरखा विरासत साहस, दृढता र सम्मानको प्रतीक हो, उनले भने, “यही भावनालाई ध्यानमा राखेर तयार गरिएको यो विशेष संस्करणले नेपाली राइडरलाई आकर्षित गर्ने विश्वास लिएका छौँ।“

क्लासिक ३५० गोरखा एडिसनमा क्लासिक सिरिजकै परिचित अपराइट राइडिङ पोस्चर, डिजाइन र जे–सिरिज इन्जिन दिइएको छ । सहज गियर सिफ्टका लागि यसमा असिस्ट एन्ड स्लिपर क्लच पनि उपलब्ध छ । मोटरसाइकलसँगै कम्पनीले गोरखा कलेक्सन पनि सार्वजनिक गरेको छ। गोरखा विरासतबाट प्रेरित उक्त कलेक्सनमा राइडिङ गियर, छालाका बुट, हेल्मेट, हेडगियर, लाइफस्टाइल अपारेल तथा अन्य सामग्री समावेश छन् ।

कलेक्सनको डिजाइनमा क्रस खुकुरी, परम्परागत नेपाली ढाका बुनाइ र नेपाली हस्तकलाबाट प्रेरित तत्व प्रयोग गरिएको छ । गोरखा एडिसन ग्रीन, रेजिमेन्टल क्रिमसन, ट्याक्टिकल ओलिभ ग्रीन, म्याट ब्ल्याक र वार्म ब्रन्जजस्ता रङलाई कलेक्सनमा प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।

रोयल इन्फिल्ड क्लासिक ३५० गोरखा एडिसन नेपालभर रहेका आधिकारिक डिलरमार्फत उपलब्ध हुनेछ। यसको मूल्य ५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

सन् १९०१ देखि मोटरसाइकल निर्माण गर्दै आएको रोयल इन्फिल्ड विश्वकै सबैभन्दा लामो समयदेखि निरन्तर उत्पादनमा रहेको मोटरसाइकल ब्रान्ड हो । बेलायती इतिहासबाट सुरु भएको रोयल इन्फिल्डले सन् १९५५ मा भारतको मद्रासमा उत्पादन सुरु गरेपछि भारतको मध्यम क्षमताका मोटरसाइकल बजारको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ ।

सहज, सरल र रमाइलो राइडिङ अनुभव प्रदान गर्ने रोयल इन्फिल्डले यात्रा, अन्वेषण र व्यक्तिगत अभिव्यक्तिलाई केन्द्रमा राख्दै ‘प्योर मोटरसाइकलिङ’ दर्शनलाई अघि बढाउँदै आएको छ। कम्पनीको लाइनअपमा क्लासिक, बुलेट, हन्टर, मिटियर, हिमालयन, इन्टरसेप्टर, कन्टिनेन्टल जीटी, सुपर मिटियर, गुरिल्ला, शटगनलगायत विभिन्न मोडल रहेका छन्। कम्पनीले फ्लाइङ फ्लिया ब्रान्डअन्तर्गत आफ्नो विद्युतीय मोटरसाइकल पनि सार्वजनिक गरेको छ।

रोयल इन्फिल्डले मोटरसाइकलसँगै विश्वभरका राइडर समुदायलाई जोड्न विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । वार्षिक मोटोभर्स र कठिन हिमाली भूगोल हुँदै आयोजना हुने हिमालयन ओडिसी कम्पनीका चर्चित राइडिङ कार्यक्रममध्ये पर्छन्।
आइशर मोटर्स लिमिटेडअन्तर्गत रहेको रोयल इन्फिल्ड भारतका साथै विश्वका ८० भन्दा बढी देशमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ। कम्पनीका भारतमा उत्पादन केन्द्र तथा बेलायत र भारतमा प्राविधिक केन्द्र छन् भने नेपालसहित विभिन्न देशमा सीकेडी एसेम्बली सुविधा सञ्चालनमा छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

यस सहयोगले विपदबाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने कम्पनीले विश्वास लिएको जनाएको छ । सफ्टी हाइजिनले विपद्को यस कठिन समयमा सामाजिक उत्तरदायित्वप्रतिको...
कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।
धेरै बिजुली खपत गर्नेलाई महसुलमा सहुलियतः ऊर्जामन्त्री

धेरै बिजुली खपत गर्नेलाई महसुलमा सहुलियतः ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् स्वदेशमै बढी खपत गराउन मौसमी विद्युत् महसुल तथा धेरै विद्युत् खपत गर्ने ग्राहकलाई सहुलियत दरमा विद्युत् उपलब्ध...