नेभिगेशन
सबै कुरा

बाँकेको पिप्रहवामा रहेको बाहुबली जडीबुटी उद्योगमा आगलागी

बाँके । बाँकेको पिप्रहवामा रहेको बाहुबली जडीबुटी उद्योगमा आगलागी भएको छ । बिहीबार बिहान ७.१५ बजेदेखि लागेको आगो नियन्त्रणमा आएको छैन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जानकी गाउँपालिका वडा नं. ६, पिप्रहवामा रहेको राजेश जैनको जडीबुटी उद्योगमा विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ । 

Ncell
Extreme Energy

आगो निभाउन नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिकाका दमकल आएको छ । आगो नियन्त्रणमा लागि बर्दियाको गुलरिया नगरपालिका र बाँसगढी नगरपालिकाको दमकल मगाइएको छ । 

उद्योगको परिसरमा रहेको काठमा आगो दन्किएको छ । उद्योगभित्र आगो पुगिसकेको छैन । उद्योगभित्र पुगेमा अझ ठूलो क्षति हुने भएकाले आसपासबाट दमकल मगाइएको प्रशासनले जनाएको छ । 

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, एसपी तुलबहादुर कार्कीलगायतको टोली घटनास्थलमा पुगिसकेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता प्राप्त...
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

“रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ । उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा...
उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए ।
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी  र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको...