नेभिगेशन
सबै कुरा

सञ्चालनको तयारीमा नेपालगन्ज एकीकृत भन्सार जाँचचौकी

बाँके । नेपालगन्ज नाकामा नवनिर्मित एकीकृत भन्सार जाँचचौकी (आइसिपी) दुई हप्ताभित्रै सञ्चालनमा आउने भएको छ । भारतले आइसिपी निर्माण गरेर नेपाललाई हस्तान्तरण गरिसकेकाले अब १०–१५ दिनभित्रै भन्सार कार्यालयले आफ्नो काम आइसिपी स्थलबाट सुरु गर्ने नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धु्रवराज विश्वकर्माले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइसिपी सञ्चालनमा आएपछि मालबाहक सवारीसाधनको जाँचपास सोही ठाउँबाट गरिने उनले जानकारी दिए । गत वर्ष जेठ महिनामा भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइपिएसको ‘भर्चुअल’ माध्यमबाट उद्घाटन गरेका थिए । उद्घाटन भएको करिब एक वर्षपछि सोमबार मात्रै भारतले नेपाल सरकारलाई नेपालगन्ज आइसिपी हस्तान्तरण गरेको हो ।

Ncell
Extreme Energy

नेपाल र भारत सरकारबीच सम्झौता भएको डेढ दशकपछि नेपालगन्ज नाकामा आइसिपी निर्माण गरिएको थियो । भारत सरकारका तर्फबाट परामर्शदाता कम्पनी ‘राइट्स’ले नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टर मोडल यातायात विकास समितिलाई आइसिपी हस्तान्तरण गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका –१६ जयसपुर र जानकी गाउँपालिका–१ मा आइसिपीका ठूला पूर्वाधार निर्माण भए पनि पछिल्लो केही महिनादेखि नेटवर्किङ, सिसी क्यामेरा जडान लगायत काम हुँदै आएको थियो । भारतकै सहयोगमा नेपालगन्ज नाकामा आइसिपी निर्माण गर्न २०६७ सालमा नेपाल सरकारले जयसपुरमा जग्गा अधिग्रहण गरेको थियो । नेपाल सरकारले अधिग्रहण गरेर राखेको ८७ बिघा जग्गामा आइसिपी निर्माण गरिएको छ ।

आइसिपी स्थलमा भन्सार कार्यालय, पशु र प्लान्ट क्वारेन्टाइन, गोदाम, खाद्य प्रविधि तथा गुणनियन्त्रण, सुरक्षा ब्यारेक, बैंक काउन्टर लगायत कार्यालय रहने गरी संरचना निर्माण गरिएको प्रमुख भन्सार अधिकृत विश्वकर्माले बताए । आइसिपी सञ्चालन भएपछि वस्तु आयात निर्यातमा उद्योगी व्यापारीलाई ठूलो सहायता पुग्ने नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । आइसिपी सञ्चालनमा आएपछि सीमावासीमा चहलपहल बढ्ने जानकी गाउँपालिका–१ का वडाध्यक्ष मोहम्मद रजा राईले बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...