नेभिगेशन
सबै कुरा

बाल सुधारगृहका ३५ जनासहित बाँकेमा १० हजारभन्दा बढीले कक्षा १२ को परीक्षा दिँदै

बाँके । राष्ट्रिय परीक्षा वोर्डले शुक्रबारबाट सञ्चालन गर्न लागेको कक्षा १२ को परीक्षामा बाँकेबाट बाल सुधारगृह र कारागारका बन्दीसहित १० हजारभन्दा बढी सहभागी हुँदैछन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाँकेका विभिन्न २८ वटा परीक्षा केन्द्रमार्फत् जिल्लाका १० हजार ९९१ जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिन लागेको राष्ट्रिय परीक्षा बोर्ड कोहलपुर बाँकेका कार्यालय प्रमुख रामशुरेस यादवले जानकारी दिए  ।

Ncell
Extreme Energy

कार्यालय प्रमुख यादवका अनुसार नौबस्तास्थित बाल सुधारगृहका ६ जना बालबन्दी (बालबिज्याइँकर्ता), डुडुवास्थित जयेन्दु बाल सुधारगृहका २५ जना बालबन्दी र नेपालगन्ज कारागारका चार जना कैदीबन्दीले १२ कक्षाको परीक्षा दिन लागेका हुन् ।

नौबस्तास्थित बाल सुधारगृहका बालबन्दीलाई कोहलपुरस्थित ज्ञानज्योती मावि परीक्षा केन्द्र र जयेन्दु बाल सुधारगृहका बालबन्दी र नेपालगन्ज कारागारका कैदीबन्दीलाई नेपालगन्जस्थित मङ्गलप्रसाद माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाइएको उहाँले जानकारी दिए ।

आजबाट सञ्चालन हुन लागेको कक्षा १२ को परीक्षालाई शान्त तथा मर्यादित बनाउन बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले आग्रह गरे। उनले उक्त कार्यमा आवश्यक सहकार्य, समन्वय एवम् सहजीकरण गर्न अनुरोधसमेत गरे  ।

परीक्षामा मर्यादा विपरीतका कुनै गतिविधि नगर्न नगराउन र त्यसतो कार्य कतै भएको पाइएमा प्रशासनलाई जानकारी गराइ जिम्मेवार नागरिकको कर्तव्य पुरा गर्न सबैमा अनुरोधसमेत गरे । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...