नेभिगेशन
सबै कुरा

बाल सुधारगृहका ३५ जनासहित बाँकेमा १० हजारभन्दा बढीले कक्षा १२ को परीक्षा दिँदै

बाँके । राष्ट्रिय परीक्षा वोर्डले शुक्रबारबाट सञ्चालन गर्न लागेको कक्षा १२ को परीक्षामा बाँकेबाट बाल सुधारगृह र कारागारका बन्दीसहित १० हजारभन्दा बढी सहभागी हुँदैछन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाँकेका विभिन्न २८ वटा परीक्षा केन्द्रमार्फत् जिल्लाका १० हजार ९९१ जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिन लागेको राष्ट्रिय परीक्षा बोर्ड कोहलपुर बाँकेका कार्यालय प्रमुख रामशुरेस यादवले जानकारी दिए  ।

Ncell
Extreme Energy

कार्यालय प्रमुख यादवका अनुसार नौबस्तास्थित बाल सुधारगृहका ६ जना बालबन्दी (बालबिज्याइँकर्ता), डुडुवास्थित जयेन्दु बाल सुधारगृहका २५ जना बालबन्दी र नेपालगन्ज कारागारका चार जना कैदीबन्दीले १२ कक्षाको परीक्षा दिन लागेका हुन् ।

नौबस्तास्थित बाल सुधारगृहका बालबन्दीलाई कोहलपुरस्थित ज्ञानज्योती मावि परीक्षा केन्द्र र जयेन्दु बाल सुधारगृहका बालबन्दी र नेपालगन्ज कारागारका कैदीबन्दीलाई नेपालगन्जस्थित मङ्गलप्रसाद माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाइएको उहाँले जानकारी दिए ।

आजबाट सञ्चालन हुन लागेको कक्षा १२ को परीक्षालाई शान्त तथा मर्यादित बनाउन बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले आग्रह गरे। उनले उक्त कार्यमा आवश्यक सहकार्य, समन्वय एवम् सहजीकरण गर्न अनुरोधसमेत गरे  ।

परीक्षामा मर्यादा विपरीतका कुनै गतिविधि नगर्न नगराउन र त्यसतो कार्य कतै भएको पाइएमा प्रशासनलाई जानकारी गराइ जिम्मेवार नागरिकको कर्तव्य पुरा गर्न सबैमा अनुरोधसमेत गरे । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता प्राप्त...
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

“रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ । उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा...
उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए ।
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी  र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको...