नेभिगेशन
सबै कुरा

नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि

काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक शून्य दशमलव ७९ अङ्कले उकालो लागेर दुई हजार १८ दशमलव ७६ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्यदशमलव २७ अङ्कले उकालो लागेर तीन सय ५८ दशमलव ३७ मा पुगेको छ । कूल ८२ लाख ८२ हजार पाँच सय ५६ कित्ता शेयर रु चार अर्ब २३ करोड ३८ लाख १६ हजार चार सय तीन मूल्य बराबर कारोबार भएको छ ।

CG

हिमालयन लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, सिर्जनशील लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । स्वाभिमान लघुवित्त नौ दशमलव ९४, सिइडिबी हाइड्रोपावरका लगानीकर्ताले  नौ दशमलव ६१ प्रतिशतले कमाएका छन् ।

यस्तै माण्डु हाइड्रोपावर पाँच दशमलव ७६, पिपल्स पावर पाँच दशमलव २६, नेपाल फाइनान्स चार दशमलव १२, एभरेष्ट बैंक तीन दशमलव ९४ र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले तीन दशमलव ९२ प्रतिशतले गुमाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेप्से परिसूचकमा ४२ अङ्कको गिरावट

नेप्से परिसूचकमा ४२ अङ्कको गिरावट

जुन एक दशमलव ५३ प्रतिशतको गिरावट हो । मंगलबार विभिन्न ३३३ कम्पनीका तीन करोड दुई लाख ६२ हजार ७१० कित्ता शेयर एक लाख ४२ हजार ४७६ पटक खरिदबिक्री...
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, कारोबार १६ अर्ब नाघ्यो

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, कारोबार १६ अर्ब नाघ्यो

सोमबार ३३२ कम्पनीको तीन करोड ६२ लाख ६४ हजार ८७४ कित्ता शेयर एक लाख ३७ हजार ६७६ पटक खरिद–बिक्री हुँदा रु १६ अर्ब ३५ करोड ५७ लाख ३०...
नेप्से ५७ अङ्कले बढ्दा करिब १४ अर्बको कारोबार

नेप्से ५७ अङ्कले बढ्दा करिब १४ अर्बको कारोबार

आइतबार नेप्से परिसूचक ५७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ७७२ दशमलव १७ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव १२ प्रतिशतको वृद्धि हो ।
नेप्सेमा नौ अङ्कको वृद्धि

नेप्सेमा नौ अङ्कको वृद्धि

बिहीबार १६२ कम्पनीको शेयर मूल्य बढेको छ । दश कम्पनी स्थिर रहँदा ८८ कम्पनीको शेयर मूल्य घटेको छ । आज एसवाई प्यानल, श्रीनगर एग्रिटेक र त्रिशुली जलविद्युत् कम्पनीको...

भर्खरै