नेभिगेशन
सबै कुरा

बाँके प्रहरीको सुरक्षा योजना : दसैँ तिहारमा १५ प्रकारका अपराध हुनसक्ने आँकलन, २७ ठाउँमा चेकजाँच

बाँके । बाँके प्रहरीले चाडपर्व सुरक्षा योजना तयार गरेको छ । दसैँ– तिहारमा बाँके जिल्लामा २७ ठाउँमा चेक प्वाइन्ट राख्नेगरी बाँके प्रहरीले सुरक्षा योजना तयार गरेको हो । बाँकेमा १ हजार भन्दा बढी प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी तुल बहादुर कार्कीले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दसैँ, तिहार र छठ पर्वमा १५ प्रकारका अपराध हुनसक्ने प्रहरीको आँकलन छ । बाँके जिल्लामा सबैभन्दा धेरै चोरीका घटना हुन्छन् । चाडपर्वमा पाकेटमारी, ठगी, लुटपाट, स्न्याचिङ, कुटपिट, झैझगडा, गुण्डागर्दी, सवारीमा भाडा वृद्धि, कालोबजारी, खाद्य पदार्थको कृत्रिम अभाव, विस्फोटक पदार्थको अवैध कारोबार र घरेलु मदिराको प्रयोगबाट अपराधका घटना हुनसक्ने प्रहरीको विश्लेषण छ ।

Ncell
Extreme Energy

त्यस्तै सवारी दुर्घटना, ध्वनि प्रदूषण र सार्वजनिक यातायातमा हुनसक्ने महिला हिंसाको घटनालाई पनि न्यूनीकरण गर्नेगरी सुरक्षा योजना तयार गरिएको एसपी कार्कीे बताए । उनले भने, ‘पर्वहरूमा हुनसक्ने विकृति र विसङ्गतिलाई नियन्त्रण गर्ने गरी सुरक्षा योजना बनाएर लागु गरेका छौं ।’

चाडपर्वमा विभिन्न शक्तिपिठहरुमा पुजा आराधना गर्न विशिष्ट व्यक्तिहरुको सहभागीता हुने समयमा त्यस्ता ठाउँहरूमा सुरक्षा प्रदान गर्नेगरी योजना तयार गरिएको छ । प्रहरीले चाडपर्वको समयमा बिदा हुने सरकारी कार्यालयको पनि सुरक्षा गर्ने योजनामा उल्लेख गरेको छ ।

बाँकेको तिन ठाउँमा यात्रु सहायता कक्ष स्थापना गर्ने निर्णय भएको छ । जमुनाहा नाका, नेपालगन्ज बस पार्क र कोहलपुर बस पार्कमा सहायता कक्ष स्थापना गरिने एसपी कार्कीले जानकारी दिए । बाँके भित्रिने र बाहिरिने सड्क नाकामा कुकुर परिचालन गर्ने प्रहरीको तयारी छ । जिल्लाका मुख्य स्थानहरूमा चोरी सम्बन्धी सचेतनामूलक जिङ्गल बजाउने र आर्थिक कारोबार हुने क्षेत्रहरूमा कन्ट्रोल रुम भेहिकल (सिआरभी’ परिचालन गर्ने बाँके प्रहरीको योजना छ ।

कानुन विपरीतको क्रियाकलाप भएको लागेमा प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन गर्न जिल्ला प्रहरी कार्यालय बाँकेले अनुरोध गरेको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...