नेभिगेशन
सबै कुरा

बाँके प्रहरीको सुरक्षा योजना : दसैँ तिहारमा १५ प्रकारका अपराध हुनसक्ने आँकलन, २७ ठाउँमा चेकजाँच

बाँके । बाँके प्रहरीले चाडपर्व सुरक्षा योजना तयार गरेको छ । दसैँ– तिहारमा बाँके जिल्लामा २७ ठाउँमा चेक प्वाइन्ट राख्नेगरी बाँके प्रहरीले सुरक्षा योजना तयार गरेको हो । बाँकेमा १ हजार भन्दा बढी प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी तुल बहादुर कार्कीले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दसैँ, तिहार र छठ पर्वमा १५ प्रकारका अपराध हुनसक्ने प्रहरीको आँकलन छ । बाँके जिल्लामा सबैभन्दा धेरै चोरीका घटना हुन्छन् । चाडपर्वमा पाकेटमारी, ठगी, लुटपाट, स्न्याचिङ, कुटपिट, झैझगडा, गुण्डागर्दी, सवारीमा भाडा वृद्धि, कालोबजारी, खाद्य पदार्थको कृत्रिम अभाव, विस्फोटक पदार्थको अवैध कारोबार र घरेलु मदिराको प्रयोगबाट अपराधका घटना हुनसक्ने प्रहरीको विश्लेषण छ ।

Ncell
Extreme Energy

त्यस्तै सवारी दुर्घटना, ध्वनि प्रदूषण र सार्वजनिक यातायातमा हुनसक्ने महिला हिंसाको घटनालाई पनि न्यूनीकरण गर्नेगरी सुरक्षा योजना तयार गरिएको एसपी कार्कीे बताए । उनले भने, ‘पर्वहरूमा हुनसक्ने विकृति र विसङ्गतिलाई नियन्त्रण गर्ने गरी सुरक्षा योजना बनाएर लागु गरेका छौं ।’

चाडपर्वमा विभिन्न शक्तिपिठहरुमा पुजा आराधना गर्न विशिष्ट व्यक्तिहरुको सहभागीता हुने समयमा त्यस्ता ठाउँहरूमा सुरक्षा प्रदान गर्नेगरी योजना तयार गरिएको छ । प्रहरीले चाडपर्वको समयमा बिदा हुने सरकारी कार्यालयको पनि सुरक्षा गर्ने योजनामा उल्लेख गरेको छ ।

बाँकेको तिन ठाउँमा यात्रु सहायता कक्ष स्थापना गर्ने निर्णय भएको छ । जमुनाहा नाका, नेपालगन्ज बस पार्क र कोहलपुर बस पार्कमा सहायता कक्ष स्थापना गरिने एसपी कार्कीले जानकारी दिए । बाँके भित्रिने र बाहिरिने सड्क नाकामा कुकुर परिचालन गर्ने प्रहरीको तयारी छ । जिल्लाका मुख्य स्थानहरूमा चोरी सम्बन्धी सचेतनामूलक जिङ्गल बजाउने र आर्थिक कारोबार हुने क्षेत्रहरूमा कन्ट्रोल रुम भेहिकल (सिआरभी’ परिचालन गर्ने बाँके प्रहरीको योजना छ ।

कानुन विपरीतको क्रियाकलाप भएको लागेमा प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन गर्न जिल्ला प्रहरी कार्यालय बाँकेले अनुरोध गरेको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता प्राप्त...
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

“रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ । उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा...
उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए ।
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी  र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको...