नेभिगेशन
सबै कुरा

बाँकेमा २ महिनामा ५ हजार सवारीसाधन कारबाहीमा, १५ जनाको मृत्यु, आर्थिक क्षति कति ?

बाँके । बाँकेमा चालु आर्थिक वर्षको दुई महिनामा पाँच हजार १ सय १९ सवारी साधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार साउन महिनामा दुई हजार ७ सय ४२ र भदौ महिनामा दुई हजार ३७७ वटा सवारी साधन कारबाहीमा परेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कारबाहीमा परेका ती सवारीसाधनबाट यस अवधिमा ४० लाख ३१ हजार राजस्व संकलन भएको छ । यस अवधिमा ३ सय ५ जना व्यक्ति मादक पदार्थ सेवन (मापसे)को कारबाहीमा परेका छन् भने दुई जना चालक अनिवार्य राख्नुपर्ने लामो दुरीमा चल्ने चार वटा सवारी साधन कारबाहीमा परेका छन् ।

Ncell
Extreme Energy

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमूख प्रहरी निरीक्षक पुष्करराज पन्तले तीव्र गतिकै कारण धेरै सवारी दुर्घटना हुने गरेकोले सवारी दुर्घटनालाई न्यूनीकरण गर्न २ सय ७४ पटक सचेतना कक्षा सञ्चालन गरिएको बताए । उनका अनुसार दुई महिनाको अवधिमा ११ हजार ७६ जना ट्राफिक नियम सम्बन्धी सचेतना कक्षामा सहभागी भएका छन् ।

‘चालकहरूमा अझै सचेतना कमी भएको देखिएकाले सचेतना कक्षासमेत सञ्चालन गरिरहेका छौँ,’ प्रहरी निरीक्षक पन्तले भने । उनले चाडपर्वका समयमा क्षमताभन्दा बढी यात्रु राख्दा सवारी साधन अनियन्त्रित भई दुर्घटना हुने जोखिम रहने हुँदा क्षमताभन्दा बढी यात्रु नराख्न र सवारी साधनमा कोचिएर तथा झुण्डिएर यात्रा नगर्न आग्रह गरेका छन् ।

प्रहरी निरीक्षक पन्तका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतीमा हुइँकाउने, लेन मिच्ने, क्षमताभन्दा बढी यात्रु चढाउने, यात्रुसँग तोकिएभन्दा बढी भाडा असुल्ने, जथाभावी पार्किङ गर्ने, आवश्यक कागजात तथा सवारी चालक अनुमतिपत्र नभएका सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गर्ने गरेको छ ।

ट्राफिक प्रहरीको सक्रियता, जनचेतनामूलक कार्यक्रम र नियमको कडाइका साथ पालना गराउँदा अघिल्लो वर्षकोभन्दा राम्रो प्रतिफल मिलेको ट्राफिक प्रहरीको दाबी छ । यो सुधारलाई अझ प्रभावकारी बनाउन ट्राफिक प्रहरी कटिबद्ध रहेको र सर्वसाधारणको नियमको पालनागरी सहयोग गर्नुपर्ने निरीक्षक पन्तको भनाई छ । 

दुई लाख ८१ हजार रुपैयाँ बराबरको आर्थिक क्षति

बाँकेमा चालु आर्थिक वर्षमा सवारी दुर्घटनामा दुई लाख ८१ हजार रुपैयाँको आर्थिक क्षति भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको साउन महिनामा ८४ हजार, भदौ महिनामा एक लाख ५२ हजार र असोज महिनाको हालसम्म ४५ हजार रुपैयाँ गरी दुई लाख ८१ हजार रुपैयाँ बराबरको क्षति भएको हो ।

कार्यालयको तथ्यांक अनुसार यस अवधिमा बाँकेमा २६ वटा दुर्घटना भएका छन् । कार्यालयका अनुसार सबैभन्दा धेरै साउन महिनामा १७ वटा दुर्घटना भएका छन् भने भदौमा ८ वटा र असोजमा एउटा मात्रै दुर्घटना भएका छन् । यस अवधिमा सबैभन्दा धेरै १९ वटा मोटरसाइकलसहित ४१ वटा सवारी साधन दुर्घटनामा परेका छन् ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आवको हालसम्म सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । जसमा १३ जना पुरुष, एक जना महिला र एक जना बालिका छन् । यस अवधिमा १४ पुरुष, ६ महिला र २ जना बालक गरी २२ जना गम्भीर घाइते तथा १७ पुरुष, १५ महिला र ४ बालिका गरी ३६ जना सामान्य घाइते भएका छन् । सवारी दुर्घटनामा परी १५ चौपायाको मृत्यु भएको छ भने ६ चौपाया घाइते भएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

दश दिनमा खनालले ८० भन्दा बढी बैठक गरे । भेटवार्ता गरे । छलफल गरे । मिडियाहरुमा उनले गरेका भेटवार्ताका समाचार यति धेरै आउँथे कि, यो नयाँ हो कि...
सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

सभामुख अर्यालले सङ्घीय संसद्मा सदस्यहरूले उठाएका विषयमा आफूले टिप्पणी गर्न सान्दर्भिक नहुने पनि स्पष्ट पारे । “सङ्घीय संसद्मा सदस्यहरूले उठाएको विषयलाई मैले टिप्पणी गर्न सान्दर्भिक नहोला”, उनले भने,...
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
प्रतिनिधिसभाबाट सात विधेयक दफाबार छलफलका लागि समितिमा पठाइयो

प्रतिनिधिसभाबाट सात विधेयक दफाबार छलफलका लागि समितिमा पठाइयो

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ र ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्...