नेभिगेशन
सबै कुरा

बाँकेमा २ महिनामा ५ हजार सवारीसाधन कारबाहीमा, १५ जनाको मृत्यु, आर्थिक क्षति कति ?

बाँके । बाँकेमा चालु आर्थिक वर्षको दुई महिनामा पाँच हजार १ सय १९ सवारी साधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार साउन महिनामा दुई हजार ७ सय ४२ र भदौ महिनामा दुई हजार ३७७ वटा सवारी साधन कारबाहीमा परेका छन् ।

कारबाहीमा परेका ती सवारीसाधनबाट यस अवधिमा ४० लाख ३१ हजार राजस्व संकलन भएको छ । यस अवधिमा ३ सय ५ जना व्यक्ति मादक पदार्थ सेवन (मापसे)को कारबाहीमा परेका छन् भने दुई जना चालक अनिवार्य राख्नुपर्ने लामो दुरीमा चल्ने चार वटा सवारी साधन कारबाहीमा परेका छन् ।

CG

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमूख प्रहरी निरीक्षक पुष्करराज पन्तले तीव्र गतिकै कारण धेरै सवारी दुर्घटना हुने गरेकोले सवारी दुर्घटनालाई न्यूनीकरण गर्न २ सय ७४ पटक सचेतना कक्षा सञ्चालन गरिएको बताए । उनका अनुसार दुई महिनाको अवधिमा ११ हजार ७६ जना ट्राफिक नियम सम्बन्धी सचेतना कक्षामा सहभागी भएका छन् ।

‘चालकहरूमा अझै सचेतना कमी भएको देखिएकाले सचेतना कक्षासमेत सञ्चालन गरिरहेका छौँ,’ प्रहरी निरीक्षक पन्तले भने । उनले चाडपर्वका समयमा क्षमताभन्दा बढी यात्रु राख्दा सवारी साधन अनियन्त्रित भई दुर्घटना हुने जोखिम रहने हुँदा क्षमताभन्दा बढी यात्रु नराख्न र सवारी साधनमा कोचिएर तथा झुण्डिएर यात्रा नगर्न आग्रह गरेका छन् ।

प्रहरी निरीक्षक पन्तका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतीमा हुइँकाउने, लेन मिच्ने, क्षमताभन्दा बढी यात्रु चढाउने, यात्रुसँग तोकिएभन्दा बढी भाडा असुल्ने, जथाभावी पार्किङ गर्ने, आवश्यक कागजात तथा सवारी चालक अनुमतिपत्र नभएका सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गर्ने गरेको छ ।

ट्राफिक प्रहरीको सक्रियता, जनचेतनामूलक कार्यक्रम र नियमको कडाइका साथ पालना गराउँदा अघिल्लो वर्षकोभन्दा राम्रो प्रतिफल मिलेको ट्राफिक प्रहरीको दाबी छ । यो सुधारलाई अझ प्रभावकारी बनाउन ट्राफिक प्रहरी कटिबद्ध रहेको र सर्वसाधारणको नियमको पालनागरी सहयोग गर्नुपर्ने निरीक्षक पन्तको भनाई छ । 

दुई लाख ८१ हजार रुपैयाँ बराबरको आर्थिक क्षति

बाँकेमा चालु आर्थिक वर्षमा सवारी दुर्घटनामा दुई लाख ८१ हजार रुपैयाँको आर्थिक क्षति भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको साउन महिनामा ८४ हजार, भदौ महिनामा एक लाख ५२ हजार र असोज महिनाको हालसम्म ४५ हजार रुपैयाँ गरी दुई लाख ८१ हजार रुपैयाँ बराबरको क्षति भएको हो ।

कार्यालयको तथ्यांक अनुसार यस अवधिमा बाँकेमा २६ वटा दुर्घटना भएका छन् । कार्यालयका अनुसार सबैभन्दा धेरै साउन महिनामा १७ वटा दुर्घटना भएका छन् भने भदौमा ८ वटा र असोजमा एउटा मात्रै दुर्घटना भएका छन् । यस अवधिमा सबैभन्दा धेरै १९ वटा मोटरसाइकलसहित ४१ वटा सवारी साधन दुर्घटनामा परेका छन् ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आवको हालसम्म सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । जसमा १३ जना पुरुष, एक जना महिला र एक जना बालिका छन् । यस अवधिमा १४ पुरुष, ६ महिला र २ जना बालक गरी २२ जना गम्भीर घाइते तथा १७ पुरुष, १५ महिला र ४ बालिका गरी ३६ जना सामान्य घाइते भएका छन् । सवारी दुर्घटनामा परी १५ चौपायाको मृत्यु भएको छ भने ६ चौपाया घाइते भएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हर्क साम्पाङले पनि दिए राजीनामा

हर्क साम्पाङले पनि दिए राजीनामा

उनी साम्पाङ विरुद्ध एकै क्षेत्रमा निर्वाचन लड्दैछन् । "आजबाट म मेयर साप रहिंन है । म आज देखि धराने जनता । जय माटो । जय देश" राजीनामा पछी...
माघ ५ को सभाका लागि बालेन पुगे जनकपुर

माघ ५ को सभाका लागि बालेन पुगे जनकपुर

रास्वपाको पहिलो चुनावी सभाका लागि बालेन आइतबार अपरान्ह जनकपुर पुगेका हुन् । रास्वपा सभापति रवि लगायतका रास्वपाका अन्य नेताहरु भने भोली मात्रै जनकपुुर जाने कार्यक्रम छ।
नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी आइतबारदेखि काठमाडौँमा सुरु

नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी आइतबारदेखि काठमाडौँमा सुरु

जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति अशोक राज सिग्देलले नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनीको उद्घाटन गरेका हुन । आम नागरिकलाई नेपाली सेनाका विविध गतिविधिबारे जानकारी गराउने...
धरान बस दुर्घटनाः पाँच जनाको मृत्यु, १३ जना घाइते

धरान बस दुर्घटनाः पाँच जनाको मृत्यु, १३ जना घाइते

आइतबार दिउँसो करिब ४ः३० बजे धनकुटाबाट धरानतर्फ आउँदै गरेको को१ख ७११९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा एक बच्चासहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता...