नेभिगेशन
सबै कुरा

प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्त

 काठमाडाैँ । प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा २ बमोजिम आइतबार प्रधानन्यायाधीश नियुक्त गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संवैधानिक परिषद्को सिफारिसमा प्रधानन्यायाधीश नियुक्त भएका राउतको आइतबार दिउँसो १ बजे राष्ट्रपति निवासमा पद तथा गोपनीयताको शपथ हुने बताइएको छ । 

Marvel
Extreme Energy

३१ भदौमा संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेका राउतकाे नाम संसदीय सुनुवाइ समितिले १६ असोजमा अनुमोदन गरेको थियो । उनको कार्यकाल साढे एक वर्ष रहनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तिहारले विपद्का बेला एकअर्कालाई साथ दिन प्रेरित गर्छ : सभामुख अर्याल

तिहारले विपद्का बेला एकअर्कालाई साथ दिन प्रेरित गर्छ : सभामुख अर्याल

सभामुख डोलप्रसाद (डीपी) अर्यालले तिहार पर्वले आपसी सद्भाव, भाइचारा र सहकार्यको भावना विकास गर्दै विपद्का बेला एकअर्कालाई सहयोग गरेर अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।
भाषा, संस्कृति र सम्पदाको संरक्षण सबैको साझा दायित्व : मन्त्री श्रेष्ठ

भाषा, संस्कृति र सम्पदाको संरक्षण सबैको साझा दायित्व : मन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भाषा, संस्कृति, संस्कार र सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।
भोटेकोशी बाढीमा बेपत्ता जुम्लाका ६३ जनाको नामावली सार्वजनिक

भोटेकोशी बाढीमा बेपत्ता जुम्लाका ६३ जनाको नामावली सार्वजनिक

रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी बेपत्ता भएका जुम्लाका ६३ जनाको नामावली सार्वजनिक गरिएको छ ।
अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्यो, दैनिक दुई सयको हाराहारीमा पुग्दै

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्यो, दैनिक दुई सयको हाराहारीमा पुग्दै

अनुकूल मौसम र दसैँ–तिहारको बिदाका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ ।