नेभिगेशन
सबै कुरा

हिरासतमुक्त भएपछि दुर्गा प्रसाईंले के भने ?

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हिरासत मुक्त भएका छन् । सर्वोच्च अदालतको आदेशपछि शुक्रबार साँझ उनी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतबाट छुटेका हुन् । 


City Express

प्रधानमन्त्री केपी ओलीले कम्बोडियाको टेलिकममा गैरकानुनी लगानी गरेको भन्ने प्रमाण सार्वजनिक गरेको आरोपमा प्रसाईं पक्राउ परेका थिए । 

झण्डै एक महिना हिरासतमा बसेर छुटेका उनले रिहा भए लगत्तै सञ्चारकर्मीहरू सामु आफ्नो आक्रोश पोखे । ‘तस्करहरूसँगको लडाइँबाट दुर्गा भाग्दैन, लडाई जारी छ ।’ 

नेपालका कम्युनिस्टहरूले बोल्नु पर्ने बोली आफूले बोलेका पनि उनले बताए । आफू छाल आउने बेला अघिको समुन्द्र जस्तै अवस्थामा रहेको प्रसाईंले बताए । 

प्रहरीले हिरासतमा परिवारका सदस्य जस्तो व्यवहार गरेको पनि उनले बताए । मंसिर ३ गते एक पत्रकार सम्मेलन गरेर प्रसाईंले प्रधानमन्त्री विरुद्धको भन्दै प्रमाण सार्वजनिक गरेका थिए । सोको भोलि पल्टै ४ मङ्सिरमा उनलाई  सीआइबीले पक्राउ गरेको थियो । 

साइबर अपराधको कसुरमा उनलाई जिल्ला अदालत काठमाडौँले ४० हजार धरौटीमा रिहा गरे पनि उनी आपराधिक लाभ र सङ्गठित अपराध गरेको कसुरमा पुन: पक्राउ परेका थिए । 

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पुराना नेता–कार्यकर्तालाई एमालेमा फर्किन अध्यक्ष ओलीको आग्रह

पुराना नेता–कार्यकर्तालाई एमालेमा फर्किन अध्यक्ष ओलीको आग्रह

“विगतमा नेकपा (एमाले) को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नुभएका सबै नेता कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु । जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्”, अध्यक्ष...
सुरक्षाकर्मीको पेस्तोल र गोली खरिद बिक्रीमा संलग्न पाँच जना पक्राउ

सुरक्षाकर्मीको पेस्तोल र गोली खरिद बिक्रीमा संलग्न पाँच जना पक्राउ

पक्राउ पर्नेमा धादिङ, धुनिवेशी घर भइ हाल काठमाडौँ महानगरपालिका–१५ ट्राफिक बिट नजिक चरा पसलमा काम गर्ने २१ वर्षीय कृष्ण गुरुङ, काठमाडौँ–१५ भगवापाउँ जर्मन क्वाटर बस्ने २५ वर्षीय राजन...
आन्तरिक लेखापरीक्षण प्रतिवेदनसंगै सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

आन्तरिक लेखापरीक्षण प्रतिवेदनसंगै सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

महालेखा नियन्त्रक शोभाकान्त पौडेलले शुक्रबार अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष यी प्रतिवेदन तथा विवरणहरु पेस गरेका हुन । त्यस्तै, महालेखा नियन्त्रक कार्यालयले शुक्रबारनै केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण तथा नेपाल...
आदिवासी जनजातिको अधिकार कार्यान्वयनका लागि सहकार्य आवश्यकः अध्यक्ष दाहाल

आदिवासी जनजातिको अधिकार कार्यान्वयनका लागि सहकार्य आवश्यकः अध्यक्ष दाहाल

आदिवासी जनजाति आयोगले शुक्रबार ललितपुरमा आयोजना गरेको आयोगका सिफारिस कार्यान्वयनका समस्याहरू र आगामी कदमबारे अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष दाहालले आयोगले गरेका सिफारिसहरूमध्ये थोरै मात्र कार्यान्वयन भएको र अधिकांश कार्यान्वयन...