नेभिगेशन
सबै कुरा

हिरासतमुक्त भएपछि दुर्गा प्रसाईंले के भने ?

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हिरासत मुक्त भएका छन् । सर्वोच्च अदालतको आदेशपछि शुक्रबार साँझ उनी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतबाट छुटेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

प्रधानमन्त्री केपी ओलीले कम्बोडियाको टेलिकममा गैरकानुनी लगानी गरेको भन्ने प्रमाण सार्वजनिक गरेको आरोपमा प्रसाईं पक्राउ परेका थिए । 

झण्डै एक महिना हिरासतमा बसेर छुटेका उनले रिहा भए लगत्तै सञ्चारकर्मीहरू सामु आफ्नो आक्रोश पोखे । ‘तस्करहरूसँगको लडाइँबाट दुर्गा भाग्दैन, लडाई जारी छ ।’ 

नेपालका कम्युनिस्टहरूले बोल्नु पर्ने बोली आफूले बोलेका पनि उनले बताए । आफू छाल आउने बेला अघिको समुन्द्र जस्तै अवस्थामा रहेको प्रसाईंले बताए । 

प्रहरीले हिरासतमा परिवारका सदस्य जस्तो व्यवहार गरेको पनि उनले बताए । मंसिर ३ गते एक पत्रकार सम्मेलन गरेर प्रसाईंले प्रधानमन्त्री विरुद्धको भन्दै प्रमाण सार्वजनिक गरेका थिए । सोको भोलि पल्टै ४ मङ्सिरमा उनलाई  सीआइबीले पक्राउ गरेको थियो । 

साइबर अपराधको कसुरमा उनलाई जिल्ला अदालत काठमाडौँले ४० हजार धरौटीमा रिहा गरे पनि उनी आपराधिक लाभ र सङ्गठित अपराध गरेको कसुरमा पुन: पक्राउ परेका थिए । 

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

लगातारको वर्षापछि ड्यामको उत्तरतर्फ, सिन्धुपाल्चोकको हैबुङतर्फ सडकमुनि पहिरो गएको छ। पहिरोका कारण सडक किनारमा बनाइएको ग्याबिन वाल भासिएको छ भने ह्युम पाइपको जोर्नीमा समेत क्षति पुगेको छ।
१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

सभापति थापाले मंगलबार ‘हार्दिक आह्वान’ जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका हुन्। उनका अनुसार १५औँ महाधिवेशन असोज १६...
सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहेका  ...