नेभिगेशन
सबै कुरा

सर्लाहीमा मापसे चेक गर्दा प्रहरीमाथि आक्रमण, पाँच राउण्ड हवाई फायर

सर्लाही । सर्लाहीमा झडप नियन्त्रण गर्न प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ । सर्लाहीको रामनगर गाउँपालिका–५ स्थित वैजनाथ चोकमा मापसे चेकिङमा खटिएको प्रहरीसँग स्थानीय युवाको विवाद भएपछि घटनाले उग्ररुप लिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गएराति करिब ९ बजेतिर बैजनाथ चोकमा इलाका प्रहरी कार्यालय गडहिया डुमरियाका प्रमुख प्रहरी निरीक्षक उज्ववल कार्कीको कमान्डमा भैरहेको मापसे चेकिङका क्रममा विवाद भएपछि युवाहरुले प्रहरीलाई आक्रमण गरेका थिए ।

Extreme Energy
citizen life

रामनगर गाउँपालिका–५ का वडाध्यक्ष श्रीनन्दन यादवसहितको टोलीले चेकिङस्थलमा पुगेका थिए । 

वडाअध्यक्षसँगै ठुलोसख्यामा उपस्थित स्थानीयले प्रहरीलाई नै आक्रमण गरेपछि स्थीति नियन्त्रण लिन पाँच राउण्ड हवाई फायर गरिएको मधेश प्रदेश प्रहरीका प्रवक्ता सुवास बोहोराले जानकारी दिए । 

यता वडा अध्यक्ष यादवले भने आफू विवाद छुट्याउन गएको बताएका छन् । साथै उनले प्रहरीले चेकिङका नाममा प्रहरीले स्थानीयसँग रकम मागेको गुनासो आएकोले आफू त्यहाँ पुगेको समेत बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दाजुभाईको हत्या गरिएको अवस्थामा शव फेला, हत्याराले नै प्रहरीलाई दिएका थिए अपराधको सूचना

दाजुभाईको हत्या गरिएको अवस्थामा शव फेला, हत्याराले नै प्रहरीलाई दिएका थिए अपराधको सूचना

“आर्थिक लेनदेनका सम्बन्धमा उत्पन्न विवाद हुँदा उनीहरूको हत्या गरेर आफू फरार भएको भनी ती व्यक्तिले दिएको सूचनाको आधारमा शव बरामद भएको छ”, प्रनाउ लामाले भने, “अहिले ती व्यक्तिको...
पक्राउ पर्ने सूचनापछि भागेका इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ सिन्धुलीबाट पक्राउ

पक्राउ पर्ने सूचनापछि भागेका इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ सिन्धुलीबाट पक्राउ

निजी क्षेत्रको स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राकिरणले नियन्त्रणमा लिएको अवस्थामा उक्त सम्पत्तिमा सरकारी हक टुटाएर लिलामी प्रक्रियामा संलग्न भएको...
श्रममन्त्रीको सचिवालयमा नियुक्ति पाएका व्यक्ति अपरहरण कसुरमा पक्राउ, १० दिनअघि नै निष्काशन गरिएको  दाबी

श्रममन्त्रीको सचिवालयमा नियुक्ति पाएका व्यक्ति अपरहरण कसुरमा पक्राउ, १० दिनअघि नै निष्काशन गरिएको  दाबी

यता श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयले भने आलमलाई १० दिनअघि नै निष्काशन गरिएको बताएको छ । कार्यालयमा नआउने, काम नगर्ने गरेपछि उनलाई फायर गरिएको...
ई–बिडिङको सफ्टवेयर ह्याक गरेर ३१३ वटा ठेक्का हत्याएको अभियोगमा विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा (भिडियो)

ई–बिडिङको सफ्टवेयर ह्याक गरेर ३१३ वटा ठेक्का हत्याएको अभियोगमा विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा (भिडियो)

दायर भएको मुद्दामा कालिका कन्स्ट्रक्सन कम्पनीका सञ्चालक समेत रहेका चितवनको भरतपुर महानगरपालिका १० घर भएका पूर्व सांसद तथा सहरी विकासमन्त्री विक्रम पाण्डे सहित व्यक्तिहरु रहेका छन् ।