नेभिगेशन
सबै कुरा

ऋषिकेश पोखरेलकी श्रीमतिलाई १० लाख धरौटीमा रिहा गर्न अदालतकाे आदेश

काठमाडौँ । नेकपा एमालेका सांसद तथा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालालाई १० लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मोरङको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनमा मुछिएकी पोखरेललाई जिल्ला अदालत माेरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले रिहा गर्न आदेश दिएको हो ।

Ncell
Extreme Energy

सहकारीको रकम अपचलनमा संलग्न रहेको भन्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर भएपनि फरार रहेकी उनी बुधबार अदालतमा हाजिर भएकी थिइन् । अदालतमा हाजिर भएकी उनीसँग बयान लिएर बहस भएको र थुनछेक आदेश भएको हो । 

सार्वजनिक लेखा समितिका सभापतिकी पत्नी कोइराला मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको तत्कालीन सञ्चालक समिति सदस्य हुन्।

सरकारी वकिल कार्यालयले उनीसहित २६ जनाविरुद्ध सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगोसहित मुद्दा दर्ता गरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ।...
प्रधानमन्त्री राहत कोषमा १२ अर्ब

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब

राहत कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन  प्राधिकरणका  नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ...
वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पसे। एक्कासि ठूलो–ठूलो आवाज उनको कानमा आएर ठोक्कियो। यसो बाहिर आएर स्याफ्रुबेँसीतर्फ के हेरेका थिए, उनको होसहवास नै...