नेभिगेशन
सबै कुरा

कोसीका पूर्वमुख्यमन्त्री थापा नेपाल विद्युत प्राधिकरणका ड्राइभरबाट कुटिए

झापा । झापामा कोसी प्रदेश मुख्यमन्त्री उद्धव थापा कुटिएका छन् । प्रेस युनियन झापाले आयोजना गरेको वार्षिक साधारण सभाबाट फर्किंदै गरेका थापालाई नेपाल विद्युत प्राधिकरण झापाका ड्राइभरले कुटपिट गरेको प्रहरीले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बा १ झ ६५३ नम्बरको गाडीमा फर्किंदै गरेका थापामाथि बा १ झ १८७० मा सवार विद्युत प्राधिकरणका कर्मचारी सहितको समूहले कन्काई नगरपालिकाको जुकेखाडीनजिक उनी माथि कुटपिट गरेको प्रहरीले जनाएको छ।

Ncell
Extreme Energy

कुटपिटबाट थापाको आँखामा चोट लागेको छ। झापाकै बिर्तासिटी अस्पतालमा सामान्य उपचार पछि अहिले उनी घर फर्किएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीले जानकारी दिए।

विद्युत प्राधिकरणका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा विवाद हुँदा हात हालाहहालको अवस्था आएको प्रहरीले जनाएको छ । प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कनकाई–३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...