नेभिगेशन
सबै कुरा

प्रहरीद्वारा युवकमाथि कुटपिट घटनाः छानबिन गर्न समिति गठन

काठमाडौँ । सामाजिक सञ्जालमा एक युवकमाथि एक प्रहरीले मरणासन्न हुनेगरि कुटपिट गरेको घटनाको छानबिन गर्न समिति गठन भएको छ । चितवनको भरतपुर महानगरपालिकाअन्तर्गतको बाइपास सडकखण्ड भएको उक्त कुटपिटको घटना छानबिन गर्न चितवन प्रहरीले डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार बिहानैदेखि सामाजिक सञ्जालमा बर्दीधारी प्रहरीले एक युवकलाई मरणासन्न हुनेगरि कुटपिट गरेको भिडियो भाइरल छ । भिडियोमा केही नेपाल प्रहरी चेकिङका क्रममा रहेको र सोही क्रममा एक युवकमाथि तिनै प्रहरीले कुटपिट गरेको देखिन्छ । 

Ncell
Extreme Energy

ती प्रहरीले युवकलाई ‘फोन गर्ने ?, माथिको पावर देखाउने ?’ भन्दै लात्ताले हानेको देखिन्छ भने ती युवक केही पर भाग्न खोज्छन् । युवकलाई पछ्याउँदै गएका प्रहरीले ती युवकमाथि लात्ता प्रहार गर्न छोड्दैनन् । एकछिनमा ती युवक भुइँमा लड्छन् तर पनि प्रहरीले भने उनीमाथि बुट बजार्न छोड्दैनन् । 

बर्दीमा रहेका प्रहरीबाट त्यो हदको क्रुरता देखाएको भन्दै सोमबार बिहानैबाट सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । 

चौतर्फी आलोचनापश्चात उक्त घटना छानबिनका लागि छानबिन समिति बनाइएको चितवन प्रहरी प्रमुख  एसपी गौतम मिश्रले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...