नेभिगेशन
सबै कुरा

अवैध हतियार सहित भारतीय नागरिक पक्राउ


रौतहट । सशस्त्र प्रहरीले अबैध हतियार सहित  भारतीय नागरिक पक्राउ गरेको छ । रौतहटमा शनिवार राती अवैध कटुवा पेस्तोल सहित भारत बिहार जिल्ला पूर्वी चम्पारण मोतिहारी वसन्तपुर ग्राम पञ्चायत  ९ बस्ने २६ वर्षीय  धनञ्जय कुमार झालाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ११ गण हेक्वाटर रौतहटका सशस्त्र प्रहरी उपरीक्षक  विक्रम हुमागाईँले जानकारी दिए ।

CG

पक्राउ परेका झाको साथबाट सेमी अटोमेटिक पेस्तोल १ नाल, सोको म्यागेजिन १ वटा र ७।६५ एम एमको ४ राउण्ड गोली बरामद भएको उपरीक्षक हुमागाईले जानकारी दिए । 

भारतीय सीमानाका सँग जोडिएको ईशनाथ नगरपालिका ४ लतमरी नाका नजिकै रहेको सुनिल होटलमा खाजा खाइरहेका अबस्थामा सशस्त्र प्रहरीले जाँच गर्दा उनी पक्राउ परेका हुन । खाजा खाइरहेका उनीसहित शङ्कास्पद ३ जना व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा २ जना व्यक्तिहरू तत्कालै फरार भएको र झालाई भने पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल मठियाबाट खटिएको टोलीले झालाई पक्राउ गर्नुको साथै उनले प्रयोग गरेको बीआर ०५ बी डी १२२४ नम्बरको अपाचे मोटरसाइकल १ थान र सामसङ कम्पनीको ए ३५ मोबाइल १ थान समेत बरामद गरिएको  उपरीक्षक  विक्रम हुमागाईँले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ

नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ

प्रहरीले केही दिनअघि गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट एक हजार दरको ९३ थान नक्कली नोटसहित छ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुमाथि अनुसन्धानका क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ...
युके पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

युके पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

पक्राउ पर्नेमा दाङ राप्ति गाउँपालिका–१ बस्ने प्युठान, प्युठान नगरपालिका–९ घर भएका ३९ वर्षीय इन्द्रबहादुर केसी, काठमाडौँ स्वयम्भू बस्ने धादिङ थाक्रे गाउँपालिका–५ का ४० वर्षीय आइते तामाङ र काठमाडौँ...
छुरा प्रहार गरी श्रीमतीको हत्या, श्रीमानद्वारा आत्महत्याको प्रयास

छुरा प्रहार गरी श्रीमतीको हत्या, श्रीमानद्वारा आत्महत्याको प्रयास

आइतबार बिहान करिब ८ बजेको समयमा बेलका नगरपालिका–३ किरात चोक बस्ने ३० वर्षका खगेन्द्र राई र उनकी २७ वर्षीया श्रीमती भावना भनिने गंगा राईबीच आपसी विवाद हुँदा श्रीमानले...
सन् २०२५ मा १२८ पत्रकारको हत्या

सन् २०२५ मा १२८ पत्रकारको हत्या

तीमध्ये आधाभन्दा बढी मध्यपूर्वमा भएको हो । आइएफजेका महासचिव एन्थोनी बेलाङ्गरले भने, “सन् २०२४ भन्दा बढेको यो सङ्ख्या केवल तथ्याङ्क मात्र होइन, यो हाम्रा सहकर्मीहरूका लागि विश्वव्यापी रेड...