नेभिगेशन
सबै कुरा

अवैध हतियार सहित भारतीय नागरिक पक्राउ


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रौतहट । सशस्त्र प्रहरीले अबैध हतियार सहित  भारतीय नागरिक पक्राउ गरेको छ । रौतहटमा शनिवार राती अवैध कटुवा पेस्तोल सहित भारत बिहार जिल्ला पूर्वी चम्पारण मोतिहारी वसन्तपुर ग्राम पञ्चायत  ९ बस्ने २६ वर्षीय  धनञ्जय कुमार झालाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ११ गण हेक्वाटर रौतहटका सशस्त्र प्रहरी उपरीक्षक  विक्रम हुमागाईँले जानकारी दिए ।

Ncell
Extreme Energy

पक्राउ परेका झाको साथबाट सेमी अटोमेटिक पेस्तोल १ नाल, सोको म्यागेजिन १ वटा र ७।६५ एम एमको ४ राउण्ड गोली बरामद भएको उपरीक्षक हुमागाईले जानकारी दिए । 

भारतीय सीमानाका सँग जोडिएको ईशनाथ नगरपालिका ४ लतमरी नाका नजिकै रहेको सुनिल होटलमा खाजा खाइरहेका अबस्थामा सशस्त्र प्रहरीले जाँच गर्दा उनी पक्राउ परेका हुन । खाजा खाइरहेका उनीसहित शङ्कास्पद ३ जना व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा २ जना व्यक्तिहरू तत्कालै फरार भएको र झालाई भने पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल मठियाबाट खटिएको टोलीले झालाई पक्राउ गर्नुको साथै उनले प्रयोग गरेको बीआर ०५ बी डी १२२४ नम्बरको अपाचे मोटरसाइकल १ थान र सामसङ कम्पनीको ए ३५ मोबाइल १ थान समेत बरामद गरिएको  उपरीक्षक  विक्रम हुमागाईँले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रहरी निरीक्षक गोविन्द पौडेलका अनुसार चुरे जंगलमा पैदल हिँडिरहेका गाँजा तस्करहरूले सुरक्षाकर्मीलाई देखेपछि गाँजाको पोका छाडेर जंगलतर्फ भागेका थिए।
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।

भर्खरै