नेभिगेशन
सबै कुरा

इन्ड्राइभमा युवती दुर्व्यवहार प्रकरणः एक युवक पक्राउ

काठमाडौँ । राइड सेयरिङ एप इन्ड्राइभमार्फत युवतीलाई दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले चितवन घर भएका प्रबिन बराललाई पक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चितवन घर भएका २५ वर्षीय बरालले इन्ड्राइभमार्फत राइड बुक गरेकी एक युवतीलाई अनुचित प्रस्ताव राखेका थिए । गत माघ २ गते मुग्लिनबाट काठमाडौँ आउनका लागि इन्ड्राइभ बुक गरेकी एन्जिला खनाल नाम गरेकी एक युवतीले इन्ड्राइभमार्फत राइड बुक गरेको तर ती चालकले युवतीलाई ह्वाट्सएपमा मेसेज गरेर दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

Ncell
Extreme Energy

मुग्लिनबाट काठमाडौँ आउनका लागि इन्ड्राइभ बुक गरेकी एक महिला यात्रुलाई ती चालकले बिच बाटोमा एकान्तमा बस्न र त्यसबापत भाडा नलिने प्रस्ताव गरेको विषय सार्वजनिक भएको थियो । 

ती युवतीले आफूमाथि अमर्यादित प्रस्ताव गरिएको भन्दै न्यायको माग गरेकी थिइन् । उनले सामाजिक सञ्जाल टिकटकबाट आफूमाथि भएको दुव्र्यवहार सार्वजनिक गरेकी थिइन् भने प्रहरीमा समेत उजुरी दिएकी थिइन् । युवतीको उजुरीका आधारमा प्रहरीले बराललाई पक्राउ गरेको हो । 


सम्बन्धित समाचार :

असुरक्षित बन्दै इन्ड्राइभः चालकले महिला यात्रुलाई अमर्यादित प्रस्ताव गरेको घटना सार्वजनिक



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...