नेभिगेशन
सबै कुरा

इन्ड्राइभमा युवती दुर्व्यवहार प्रकरणः एक युवक पक्राउ

काठमाडौँ । राइड सेयरिङ एप इन्ड्राइभमार्फत युवतीलाई दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले चितवन घर भएका प्रबिन बराललाई पक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चितवन घर भएका २५ वर्षीय बरालले इन्ड्राइभमार्फत राइड बुक गरेकी एक युवतीलाई अनुचित प्रस्ताव राखेका थिए । गत माघ २ गते मुग्लिनबाट काठमाडौँ आउनका लागि इन्ड्राइभ बुक गरेकी एन्जिला खनाल नाम गरेकी एक युवतीले इन्ड्राइभमार्फत राइड बुक गरेको तर ती चालकले युवतीलाई ह्वाट्सएपमा मेसेज गरेर दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

Ncell
Extreme Energy

मुग्लिनबाट काठमाडौँ आउनका लागि इन्ड्राइभ बुक गरेकी एक महिला यात्रुलाई ती चालकले बिच बाटोमा एकान्तमा बस्न र त्यसबापत भाडा नलिने प्रस्ताव गरेको विषय सार्वजनिक भएको थियो । 

ती युवतीले आफूमाथि अमर्यादित प्रस्ताव गरिएको भन्दै न्यायको माग गरेकी थिइन् । उनले सामाजिक सञ्जाल टिकटकबाट आफूमाथि भएको दुव्र्यवहार सार्वजनिक गरेकी थिइन् भने प्रहरीमा समेत उजुरी दिएकी थिइन् । युवतीको उजुरीका आधारमा प्रहरीले बराललाई पक्राउ गरेको हो । 


सम्बन्धित समाचार :

असुरक्षित बन्दै इन्ड्राइभः चालकले महिला यात्रुलाई अमर्यादित प्रस्ताव गरेको घटना सार्वजनिक



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...