नेभिगेशन
सबै कुरा

भाटभटेनीको कर प्रणाली ह्याक गरेर धेरै कर तिरिदिएको आरोपमा  २ जना पक्राउ 

काठमाडौँ । भाटभटेनी सुपर मार्केटको कर प्रणाली ह्याक गरेको कसुरमा २ जना पक्राउ परेका छन् ।  प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले चितवनबाट दुई जनालाई पक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा पर्वत घर भएर चितवन बस्ने सन्तोष पराजुली र गोरखाका परिन पाण्डे रहेका छन् । उनीहरूको भाटभटेनी सुपर मार्केटको एकीकृत कर प्रणालीको युजर नाम र पासवर्डमा पहुँच पु¥याएर कर दाखिलाको विवरण फरक पारेको प्रहरीको दाबी छ । 

Ncell
Extreme Energy

चितवनमा अडिट फर्म चलाएर बस्ने उनीहरूलाई भाटभटेनीले गरेको उजुरी पछि अनुसन्धानको दायरमा ल्याइएको सीआईबीका प्रवक्ता सुधीरराज शाहीले जानकारी दिए । 

भाटभटेनीले ६ करोड २६ लाख ९४ हजार रुपैयाँ कर तिर्नु पर्नेमा प्रणालीमा गलत सूचना थप गरेर त्यसलाई १३ करोड पु¥याइएको प्रहरी दाबी छ । 

‘कुल बिक्री २ अर्ब ३४ करोड १६ लाख ४२ हजारको ६ करोड २६ लाख ९४ हजार हुनु पर्नेमा १३ करोड ९ लाख ५९ हजार पु¥याइएको पाइयो,’ सीआईबीले प्रतिवेदनमा भनेको छ ।

माघ ५ गते पक्राउ परेका उनीहरूलाई थप दिनको म्याद लिएर हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उनीहरु चितवनमा रहेको बिहादी बिजनेश म्यानेजमेन्ट कम्पनीमा कार्यरत रहेको पाइएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...