नेभिगेशन
सबै कुरा

उदयपुरमा कल्भर्डमुनि शव फेला

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ७ , मा एकजनाको शव फेला परेको छ । मदनभण्डारी राजमार्ग अन्तर्गत जोगिटोलमा स्थानीय घलेडाँडाका ४३ वर्षिय नगेन्द्र बहादुर घलेको शव सडकको कल्भर्डमुनि फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राजन चापागाईले शव फेला परेको पुष्टि गर्दै  घटनाको अनुसन्धान भईरहेको बताए । “घटनाका विषयमा थप अनुसन्धानका लागि धरानस्थित प्रदेश सङ्घीय प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको टोली पनि परिचालन गरिएको छ।

CG

प्रहरीका अनुसार हिजोसाँझ नजिकै साथीहरुसँग मादक पदार्थ सेवन गरी घले छुटेका थिए । परिवारले घटना शंकास्पद  रहेको भन्दै शव उठाउन नमानेपछी प्रहरीले अनुसन्धानका लागि कुकुर प्रयोग गरेको हो । स्थानीय होम बहादुर बस्नेतका अनुसार मदनभण्डारी सडक सरसफाई कर्मचारीहरुले सरसफाईका क्रममा सडकमुनी शव देखेर स्थानीयलाई खबर गरेको बताए । शव देखे पछि स्थानियले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटना बारे अनुसन्धान सुरु गरेको भएपनि परिवारका सदस्यहरुले हत्या भएको भन्दै शव उठाउन नमानेपछी प्रहरीले कुकुर मार्फत अनुसन्धान सुरु गरेको थियो। घलेको शव सडकको कल्भर्डमुनी रहेको ढुंगासँगै फेला परेको हो ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय उदयपुरको टोली पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ। अहिले शवलाई जिल्ला अस्पतालमा पोस्टमार्टमको लागि राखिएको डिएसपी राजन चापागाईंले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

अनुसन्धानका क्रममा उनीहरूले नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्य गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ । सोही क्रममा ती होटल र स्पाबाट आठ बालिकाको उद्धार गरिएको ब्यूरोका प्रवक्ता प्रहरी...
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

कपिलवस्तु शिवराज नगरपालिका–५ घर भई हाल काठमाडौँ–३२ बस्ने ५४ वर्षीय पवित्रप्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका–१२ का ३३ वर्षीय बबिता विश्वकर्मा र भक्तपुर चाँगुनारायण नगरपालिका–९ घर भई हाल काठमाडौँ...
झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाइ विभिन्न व्यक्ति तेस्रो मुलुक जाने गरेका भन्ने सूचनाका आधारमा प्रहरीले तीन जनालाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो...
परालको कुन्युमा लुकाई राखेको १ हजार ८ सय पिस अवैध भेप बरामद

परालको कुन्युमा लुकाई राखेको १ हजार ८ सय पिस अवैध भेप बरामद

पाल्हिनन्दन गाउपालिका वडा न ,६ कब्रस्थान  स्थित परालको कुन्युमा लुकाई राखेको अवस्थामा भेप बरामद गरिएको  हो । अबैध रुपमा नेपालबाट भारततर्फ लैजानको लागि लुकाईएको अवस्थामा बुधबार बिहान करिब...