नेभिगेशन
सबै कुरा

उदयपुरमा कल्भर्डमुनि शव फेला

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ७ , मा एकजनाको शव फेला परेको छ । मदनभण्डारी राजमार्ग अन्तर्गत जोगिटोलमा स्थानीय घलेडाँडाका ४३ वर्षिय नगेन्द्र बहादुर घलेको शव सडकको कल्भर्डमुनि फेला परेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राजन चापागाईले शव फेला परेको पुष्टि गर्दै  घटनाको अनुसन्धान भईरहेको बताए । “घटनाका विषयमा थप अनुसन्धानका लागि धरानस्थित प्रदेश सङ्घीय प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको टोली पनि परिचालन गरिएको छ।

Ncell
Extreme Energy

प्रहरीका अनुसार हिजोसाँझ नजिकै साथीहरुसँग मादक पदार्थ सेवन गरी घले छुटेका थिए । परिवारले घटना शंकास्पद  रहेको भन्दै शव उठाउन नमानेपछी प्रहरीले अनुसन्धानका लागि कुकुर प्रयोग गरेको हो । स्थानीय होम बहादुर बस्नेतका अनुसार मदनभण्डारी सडक सरसफाई कर्मचारीहरुले सरसफाईका क्रममा सडकमुनी शव देखेर स्थानीयलाई खबर गरेको बताए । शव देखे पछि स्थानियले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटना बारे अनुसन्धान सुरु गरेको भएपनि परिवारका सदस्यहरुले हत्या भएको भन्दै शव उठाउन नमानेपछी प्रहरीले कुकुर मार्फत अनुसन्धान सुरु गरेको थियो। घलेको शव सडकको कल्भर्डमुनी रहेको ढुंगासँगै फेला परेको हो ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय उदयपुरको टोली पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ। अहिले शवलाई जिल्ला अस्पतालमा पोस्टमार्टमको लागि राखिएको डिएसपी राजन चापागाईंले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रहरी निरीक्षक गोविन्द पौडेलका अनुसार चुरे जंगलमा पैदल हिँडिरहेका गाँजा तस्करहरूले सुरक्षाकर्मीलाई देखेपछि गाँजाको पोका छाडेर जंगलतर्फ भागेका थिए।
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।