नेभिगेशन
सबै कुरा

मधेश प्रदेशका खेलकुद मन्त्री प्रमोद जयसवाल दाजुभाइ विरुद्धको चोरी शिकारी मुद्दाको सुनवाई हुँदै

पर्सा । पर्सा जिल्ला अदालतमा आज मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल र उनका दाजु प्रदीप जयसवालसहितको चोरी शिकारी मुद्दामा सुनुवाइ हुँदैछ। अदालतको ताकेतापछि पर्सा राष्ट्रिय निकुञ्जले सक्कल मिसिल पठाएपछि मुद्दाको पेशी आजका लागि तोकिएको थियो । जिल्ला अदालत पर्साका न्यायाधीश कमलकान्त जोशीको इजलाशमा ५ औँ नम्बरमा मुद्दा सुनुवाइको क्रममा छ ।   

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२०७९ पुस ४ गते राति पर्सा राष्ट्रिय निकुञ्जमा भएको चोरी शिकारी तथा नेपाली सेनाको संयुक्त गस्ती टोलीमाथिको आक्रमणसँग सम्बन्धित मुद्दा निकुञ्ज प्रशासनको असहयोगका कारण एक वर्षदेखि अदालतमा विचाराधीन थियो ।

Extreme Energy

पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले २०७९ माघ १७ गते वन्यजन्तुको अवैध चोरी सिकारीको घटनामा संलग्न रहेको भन्दै दुई प्रदेश सांसद सहित ४९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । जसमा पर्सा क्षेत्र नम्बर ३ (क) का प्रदेश सभा सदस्यमा स्वतन्त्र निर्वाचित (हाल एमाले प्रवेश) र अहिले मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्री भएका प्रमोद जयसवाल तथा पूर्व गाउँपालिका अध्यक्ष प्रदीप जयसवाल (प्रमोदका भाई) सहितका प्रतिवादी थिए ।

सो मुद्दामा प्रदेश सांसदद्वय प्रमोद जयसवाल र श्याम खड्का, पालिकाका पूर्वअध्यक्ष प्रदिप जयसवाल र सञ्जीव शाही सहित चार जनालाई वन्यजन्तुको अवैध चोरी शिकारीमा मतियारको आरोप लगाइएको थियो । तर, २०८० पुस १७ गते निकुञ्ज प्रशासनले जयसवाल दाजुभाइसहित ६ जनालाई सफाइ दिने निर्णय गरेका थियो ।

उक्त निर्णय विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय पर्साले २०८० चैत्र ११ गते जिल्ला अदालत पर्सामा मुद्दाको पुनरावेदन गर्यो । ‘प्रहरी प्रतिवेदन तथा केन्द्रिय अनुसन्धान ब्युरो, काठमाडौँको सीडीआर विश्लेषण समेतको आधार प्रमाणहरूका आधारमा प्रमोद कुमार जैसवाल, प्रदिप कुमार जैसवाल, संवि शाही र श्याम बहादुर खड्का समेत अभियोग दावी बमोजिमको कसुर गरेको पुष्टि भएको अवस्थामा पनि सफाइ दिने गरी भएको फैसला बदरभागी रहन्छ’ जिल्ला अदालत पर्सामा गरिएको पुनरावेदन निवेदनमा भनिएको छ ।

निकुञ्ज प्रशासनको असहयोगका कारण १० महिना अघि दर्ता भएको पुनरावेदन निवेदन नियमित मुद्दाको प्रक्रियामै चढेको थिएन् । जिल्ला अदालतको पटक पटकको ताकेतापछि  घटना बारदात लगायतको मिसिल पठाएपछि मुद्दा प्रकृयामा अगाडी बढ्ने जिल्ला अदालतले जनाएको छ।

सम्बन्धित समाचार:

आपराधिक पृष्ठभूमिका जयसवाल दाजुभाइलाई ओलीबाटै एमालेमा भव्य स्वागत, मधेशका एमालेमा त्रास

सिधाकुराकर्मी जियालाल साहलाई अभद्र व्यवहार गर्ने धम्की

सिधाकुराकर्मी जियालाल साहलाई धम्की दिनेलाई कारबाही गर्न माग

पत्रकार महासंघले भन्यो 'सिधाकुराकर्मी साहलाई धम्की दिनेको पहिचान गरी कानुनी कारबाहीको प्रक्रिया थालियोस्'

समाचार लेखेको विषयमा पत्रकारलाई धम्की दिनु गलत भयोः खेलकुद मन्त्री जयसवाल

प्रमोद र प्रदीप जयसवाल दाजुभाइ विरुद्धको चोरी शिकारी मुद्दामा सक्कल मिसिल पठाउन निकुञ्जको आनाकानी


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर...
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

“घाइतेहरुमध्ये तीन जना (अञ्जना राई, सेवन्ता राई र टेमिना राई)को अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ”, प्रहरी निरीक्षक बस्नेतले भने,...