नेभिगेशन
सबै कुरा

मधेश प्रदेशका खेलकुद मन्त्री प्रमोद जयसवाल दाजुभाइ विरुद्धको चोरी शिकारी मुद्दाको सुनवाई हुँदै

पर्सा । पर्सा जिल्ला अदालतमा आज मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल र उनका दाजु प्रदीप जयसवालसहितको चोरी शिकारी मुद्दामा सुनुवाइ हुँदैछ। अदालतको ताकेतापछि पर्सा राष्ट्रिय निकुञ्जले सक्कल मिसिल पठाएपछि मुद्दाको पेशी आजका लागि तोकिएको थियो । जिल्ला अदालत पर्साका न्यायाधीश कमलकान्त जोशीको इजलाशमा ५ औँ नम्बरमा मुद्दा सुनुवाइको क्रममा छ ।   

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२०७९ पुस ४ गते राति पर्सा राष्ट्रिय निकुञ्जमा भएको चोरी शिकारी तथा नेपाली सेनाको संयुक्त गस्ती टोलीमाथिको आक्रमणसँग सम्बन्धित मुद्दा निकुञ्ज प्रशासनको असहयोगका कारण एक वर्षदेखि अदालतमा विचाराधीन थियो ।

Ncell
Extreme Energy

पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले २०७९ माघ १७ गते वन्यजन्तुको अवैध चोरी सिकारीको घटनामा संलग्न रहेको भन्दै दुई प्रदेश सांसद सहित ४९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । जसमा पर्सा क्षेत्र नम्बर ३ (क) का प्रदेश सभा सदस्यमा स्वतन्त्र निर्वाचित (हाल एमाले प्रवेश) र अहिले मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्री भएका प्रमोद जयसवाल तथा पूर्व गाउँपालिका अध्यक्ष प्रदीप जयसवाल (प्रमोदका भाई) सहितका प्रतिवादी थिए ।

सो मुद्दामा प्रदेश सांसदद्वय प्रमोद जयसवाल र श्याम खड्का, पालिकाका पूर्वअध्यक्ष प्रदिप जयसवाल र सञ्जीव शाही सहित चार जनालाई वन्यजन्तुको अवैध चोरी शिकारीमा मतियारको आरोप लगाइएको थियो । तर, २०८० पुस १७ गते निकुञ्ज प्रशासनले जयसवाल दाजुभाइसहित ६ जनालाई सफाइ दिने निर्णय गरेका थियो ।

उक्त निर्णय विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय पर्साले २०८० चैत्र ११ गते जिल्ला अदालत पर्सामा मुद्दाको पुनरावेदन गर्यो । ‘प्रहरी प्रतिवेदन तथा केन्द्रिय अनुसन्धान ब्युरो, काठमाडौँको सीडीआर विश्लेषण समेतको आधार प्रमाणहरूका आधारमा प्रमोद कुमार जैसवाल, प्रदिप कुमार जैसवाल, संवि शाही र श्याम बहादुर खड्का समेत अभियोग दावी बमोजिमको कसुर गरेको पुष्टि भएको अवस्थामा पनि सफाइ दिने गरी भएको फैसला बदरभागी रहन्छ’ जिल्ला अदालत पर्सामा गरिएको पुनरावेदन निवेदनमा भनिएको छ ।

निकुञ्ज प्रशासनको असहयोगका कारण १० महिना अघि दर्ता भएको पुनरावेदन निवेदन नियमित मुद्दाको प्रक्रियामै चढेको थिएन् । जिल्ला अदालतको पटक पटकको ताकेतापछि  घटना बारदात लगायतको मिसिल पठाएपछि मुद्दा प्रकृयामा अगाडी बढ्ने जिल्ला अदालतले जनाएको छ।

सम्बन्धित समाचार:

आपराधिक पृष्ठभूमिका जयसवाल दाजुभाइलाई ओलीबाटै एमालेमा भव्य स्वागत, मधेशका एमालेमा त्रास

सिधाकुराकर्मी जियालाल साहलाई अभद्र व्यवहार गर्ने धम्की

सिधाकुराकर्मी जियालाल साहलाई धम्की दिनेलाई कारबाही गर्न माग

पत्रकार महासंघले भन्यो 'सिधाकुराकर्मी साहलाई धम्की दिनेको पहिचान गरी कानुनी कारबाहीको प्रक्रिया थालियोस्'

समाचार लेखेको विषयमा पत्रकारलाई धम्की दिनु गलत भयोः खेलकुद मन्त्री जयसवाल

प्रमोद र प्रदीप जयसवाल दाजुभाइ विरुद्धको चोरी शिकारी मुद्दामा सक्कल मिसिल पठाउन निकुञ्जको आनाकानी


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा,  एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण...