नेभिगेशन
सबै कुरा

पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको शुभारम्भ

काठमाडौंँ । विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको शुभारम्भ गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटरस्थित शिवपुरी उच्च माध्यामिक विद्यालयमा आज आयोजित एक कार्यक्रममा काठमाडौँ महानगरपालिका–३ स्वस्थ्यकर्मीलाई खोपसामग्री प्रदान गरेर अभियानको शुभारम्भ गरेका हुन् । 

Ncell
Extreme Energy

किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका आजदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गर्दै छ । खोप अभियानमा देशभरका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई  खोप लगाइने छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मुलुकमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ । पाठेघरको मुखको क्यान्सर ह्युमनपापिलोमा भाइरस सङ्क्रमणले हुन्छ । नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

स्क्रब टाइफस ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रमण हो । डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङले देखाउछ । जम्मा संक्रमित स्क्रब टाइफसको...
सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिन तथा औषधि सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

जडान भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको सो अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन् ।