नेभिगेशन
समाज

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

काठमाडौँ । बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको छ ।

जडान भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको सो अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बीस किलोलिटर क्षमता भएको प्लान्टमा १८ किलोलिटर लिक्विड अक्सिजन भरेर सञ्चालनमा ल्याइएको हो । अस्पतालको आफ्नै प्लान्ट सञ्चालनमा आएसँगै हरेक दिन सिलिण्डरमा भरेर अक्सिजन ढुवानी गर्नुपर्ने झन्झट हटेको उनले बताए ।

Ncell
Extreme Energy

'अब यो प्लान्ट सुरु भएसँगै स्टोर गरेर पनि राख्न सकिन्छ,' उनले भने ।  केमो वार्डमा नै छुट्टै फार्मेसी सञ्चालन गर्नेदेखि एउटै भवनबाट रेडियोलोजी र प्रयोगशालाको डायगोनोसिस सेवा समेत सञ्चालनमा आएको डा भट्टराईको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयको समन्वय र युएसएडको आर्थिक अनुदानमा खजुरा क्यान्सर अस्पतालमा उक्त अक्सिजन प्लान्ट जडान भएको थियो । कार्यकारी निर्देशक भट्टराईले  लायन्स क्लबको समन्वयमा छिट्टै बिरामी कुरुवा घर सञ्चालनमा ल्याउन लागिएको उल्लेख गरे ।

धार्मिक अनुष्ठानबाट जनस्तरमा निर्माण भएको सो अस्पताल २०७२ सालमा सङ्घीय सरकारलाई हस्तान्तरण गरिएको थियो । सङ्घीय सरकारले पूर्ण स्वामित्व लिए पनि हालसम्म अस्पतालको दरबन्दी स्वीकृत नहुँदा अस्थायी, करार र ज्यालादारी स्वास्थ्यकर्मीबाट अस्पताल सञ्चालन हुँदै आएको छ ।

अस्पतालले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका क्यान्सरका बिरामीलाई सेवा दिँदै आएको छ । सो अस्पताल नेपालगञ्ज बजारबाट करिब १० किलोमिटर पश्चिम दूरीमा पर्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ग्यालेक्सी टिभीमा सहकारीबाट गएका रकमका विषयमा रवि लामिछानेलाई जोड्न उचित छैनः जीबी राई

ग्यालेक्सी टिभीमा सहकारीबाट गएका रकमका विषयमा रवि लामिछानेलाई जोड्न उचित छैनः जीबी राई

जीबी राईले ग्यालेक्सी टिभीमा सहकारीबाट गएको सम्पूर्ण रकमको जिम्मेवारी आफूले लिने बताएका छन्। गोरखा मिडिया नेटवर्कको अध्यक्षको हैसियतले आर्थिक स्रोत व्यवस्थापनको जिम्मेवारी आफ्नो भएको उल्लेख गर्दै उनले यसमा...
सहकारीको रकम फिर्ता गर्न तयार छु, पक्राउ नै समाधान होइन : जीबी राई

सहकारीको रकम फिर्ता गर्न तयार छु, पक्राउ नै समाधान होइन : जीबी राई

गोरखा मिडिया नेटवर्कका अध्यक्ष तथा सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईले बचतकर्ताको रकम फिर्ता गर्न आफू तयार रहेको बताएका छन्।
कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ

कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्।
दशैँको मुखमा कारागारका कैदीबन्दीलाई रामहरि खतिवडाले दिए खसी

दशैँको मुखमा कारागारका कैदीबन्दीलाई रामहरि खतिवडाले दिए खसी

नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले हरेक वर्षझैँ यस वर्ष पनि बडादशैंको पावन अवसरमा ओखलढुंगा कारागारका कैदीबन्दीहरूका लागि खसी उपलब्ध गराएका छन् ।

भर्खरै