नेभिगेशन
सबै कुरा

बाँसबारी जग्गा किर्तेमा चौधरी समूहलाई उन्मुक्तिः महान्यायाधिवक्ता कार्यालयले गर्यो मुद्दा नचल्ने निर्णय

काठमाडौँ । सरकारले बाँसबारीको १० रोपनी जग्गा किर्ते गरेर हत्याएको आरोपमा चौधरी समूहलाई उन्मुक्ति दिएको छ । जग्गा किर्तेमा मुद्दा चलाउन नपर्ने प्रहरी प्रतिवेदनका आधारमा महान्यायाधिवक्ता कार्यालयले चौधरी समूह विरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो । 

बाँसबारीको १० रोपनी सरकारी जग्गा किर्तेमा संलग्नलाई ‘मुद्दा चलाउन नपर्ने’ रायसहितको प्रहरी प्रतिवेदनका आधारमा यस्तो निर्णय भएको महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता एवम् सहन्यायाधिवक्ता सूर्यराज दाहालले सिधाकुरालाई बताए ।

‘चौधरी समूह विरुद्ध जग्गा किर्तेमा मुद्दा नचल्ने निर्णय भएको हो,’ प्रवक्ता दाहालले सिधाकुरासँग भने,‘ठ्याक्कै निर्णय भएको दिन मैले भन्न सकिन । निर्णयको व्यहोरा चाँहि चौधरी समूहको नाममा रहेको जग्गा सरकारको नाममा आइसकेको र सो विरुद्ध सर्वोच्चमा दायर रिट पनि चौधरी समूहले फिर्ता लिइसकेको हुनाले मुद्दा चलाई राख्न नपर्ने भन्ने निर्णय भएको छ ।’

बाँसबारीको सरकारी जग्गा किर्ते गरेर हडपेको समाचार उकालो डटकमले २०७९ कात्तिक ५ गते प्रकाशित गरेको थियो । त्यसपछि यो प्रकरणमा सरकारले छानबिन गरेको थियो । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...