नेभिगेशन
सबै कुरा

बाँसबारी जग्गा किर्तेमा चौधरी समूहलाई उन्मुक्तिः महान्यायाधिवक्ता कार्यालयले गर्यो मुद्दा नचल्ने निर्णय

काठमाडौँ । सरकारले बाँसबारीको १० रोपनी जग्गा किर्ते गरेर हत्याएको आरोपमा चौधरी समूहलाई उन्मुक्ति दिएको छ । जग्गा किर्तेमा मुद्दा चलाउन नपर्ने प्रहरी प्रतिवेदनका आधारमा महान्यायाधिवक्ता कार्यालयले चौधरी समूह विरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाँसबारीको १० रोपनी सरकारी जग्गा किर्तेमा संलग्नलाई ‘मुद्दा चलाउन नपर्ने’ रायसहितको प्रहरी प्रतिवेदनका आधारमा यस्तो निर्णय भएको महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता एवम् सहन्यायाधिवक्ता सूर्यराज दाहालले सिधाकुरालाई बताए ।

Extreme Energy
citizen life

‘चौधरी समूह विरुद्ध जग्गा किर्तेमा मुद्दा नचल्ने निर्णय भएको हो,’ प्रवक्ता दाहालले सिधाकुरासँग भने,‘ठ्याक्कै निर्णय भएको दिन मैले भन्न सकिन । निर्णयको व्यहोरा चाँहि चौधरी समूहको नाममा रहेको जग्गा सरकारको नाममा आइसकेको र सो विरुद्ध सर्वोच्चमा दायर रिट पनि चौधरी समूहले फिर्ता लिइसकेको हुनाले मुद्दा चलाई राख्न नपर्ने भन्ने निर्णय भएको छ ।’

बाँसबारीको सरकारी जग्गा किर्ते गरेर हडपेको समाचार उकालो डटकमले २०७९ कात्तिक ५ गते प्रकाशित गरेको थियो । त्यसपछि यो प्रकरणमा सरकारले छानबिन गरेको थियो । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दाजुभाईको हत्या गरिएको अवस्थामा शव फेला, हत्याराले नै प्रहरीलाई दिएका थिए अपराधको सूचना

दाजुभाईको हत्या गरिएको अवस्थामा शव फेला, हत्याराले नै प्रहरीलाई दिएका थिए अपराधको सूचना

“आर्थिक लेनदेनका सम्बन्धमा उत्पन्न विवाद हुँदा उनीहरूको हत्या गरेर आफू फरार भएको भनी ती व्यक्तिले दिएको सूचनाको आधारमा शव बरामद भएको छ”, प्रनाउ लामाले भने, “अहिले ती व्यक्तिको...
पक्राउ पर्ने सूचनापछि भागेका इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ सिन्धुलीबाट पक्राउ

पक्राउ पर्ने सूचनापछि भागेका इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ सिन्धुलीबाट पक्राउ

निजी क्षेत्रको स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राकिरणले नियन्त्रणमा लिएको अवस्थामा उक्त सम्पत्तिमा सरकारी हक टुटाएर लिलामी प्रक्रियामा संलग्न भएको...
श्रममन्त्रीको सचिवालयमा नियुक्ति पाएका व्यक्ति अपरहरण कसुरमा पक्राउ, १० दिनअघि नै निष्काशन गरिएको  दाबी

श्रममन्त्रीको सचिवालयमा नियुक्ति पाएका व्यक्ति अपरहरण कसुरमा पक्राउ, १० दिनअघि नै निष्काशन गरिएको  दाबी

यता श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयले भने आलमलाई १० दिनअघि नै निष्काशन गरिएको बताएको छ । कार्यालयमा नआउने, काम नगर्ने गरेपछि उनलाई फायर गरिएको...
ई–बिडिङको सफ्टवेयर ह्याक गरेर ३१३ वटा ठेक्का हत्याएको अभियोगमा विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा (भिडियो)

ई–बिडिङको सफ्टवेयर ह्याक गरेर ३१३ वटा ठेक्का हत्याएको अभियोगमा विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा (भिडियो)

दायर भएको मुद्दामा कालिका कन्स्ट्रक्सन कम्पनीका सञ्चालक समेत रहेका चितवनको भरतपुर महानगरपालिका १० घर भएका पूर्व सांसद तथा सहरी विकासमन्त्री विक्रम पाण्डे सहित व्यक्तिहरु रहेका छन् ।