नेभिगेशन
सबै कुरा

रविलाई सङ्गठित अपराधको मुद्दा नचलाएको भन्दै चितवनका सरकारी वकिलको सरुवा

काठमाडौँ । रवि लामिछानेलाई सङ्गठित अपराधको मुद्दा नचलाएको भन्दै चितवनका सरकारी वकिल कार्यालय प्रमुखको सरकारले सरुवा गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख एवम् जिल्ला न्यायधिवक्ता शान्तिप्रसाद लुइँटेललाई रविको मुद्दा दर्ता भएको केही घण्टामै चितवनबाट सरुवा गरेर काठमाडौँ तानिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आकस्मिक रुपमा आफ्नो सरुवा भएको लुइँटेलले सिधाकुरालाई बताए । ''मेरो सरुवा भएको छ, चितवन आएको १५ महिना मात्रै भएको थियो,'' उनले भने, ''अहिले काठमाडौँ फर्कँदै छु।''

Ncell
Extreme Energy

उनी २०८० मंसिरमा चितवन सरुवा भएर आएका थिए । सरकारी वकिलहरूको सरुवा सामान्यतया हरेक २ वर्षमा गर्ने गरिन्छ । सरकारले भनेको जस्तो मुद्दा नचलाएका कारण उनको सरुवा भएको जिल्ला सरकारी वकिल कार्यालय स्रोत बताउँछ । तर, लुइँटेलले रविको मुद्दा दर्ता र आफ्नो सरुवाबारे भने केही बोल्न मानेनन् । 

जिल्ला सरकारी वकिल कार्यालय चितवन स्रोतकाअनुसार रविमाथि सङ्गठित अपराधमा समेत मुद्दा चलाउन महान्यायाधिवक्ता कार्यालयबाट जिल्ला न्यायधिवक्ता लुइँटेलमाथि तीब्र दबाब थियो ।

तर, उनले सहकारीको रकम गोर्खा मिडियामा लैजान रविको संलग्नता नदेखिएको भन्दै सङ्गठित अपराधको मुद्दा नचलाउने निर्णय गरेका थिए । 

सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा सोमबार जिल्ला सरकारी वकिल कार्यालय चितवनले ३२ जना व्यक्ति र ६ वटा संस्था विरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको थियो ।

जसमध्ये गोरखा मिडियाको सञ्चालक रहेका जिबी राई, छविलाल जोशी र कुमार रम्तेल विरुद्ध सहकारी ठगीसँगै सङ्गठित अपराधको पनि मुद्दा लागेको थियो । रविलाई भने सरकारी वकिल कार्यालयले सहकारी ठगिको मात्रै मुद्दा दायर गरेको थियो । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...